सोमबार, चैत २, २०८२

पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाफ सरिफलाई जेल सजाय

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई भ्रष्टाचार अभियोगमा अदालतले शुक्रबार १० वर्षको जेल सजाय सुनाएको छ। 

बेलायती राजधानी लन्डनको एभेनफिल्ड हाउसस्थित उनको विलासी फ्ल्याटसँग जोडिएको भ्रष्टाचार अभियोगमा सरिफलाई उक्त सजायँ सुनाइएको हो । ‘नेसनल एकान्टिबिलिटी ब्युरो’(एनएबी) अदालतले शृंखलाबद्ध ढिलाइपछि १० वर्षे कारावास सजायँको फैसला दिएको हो। 

उनी पत्नी कुलसुम नवाजसहित हाल लन्डनमा छन्, जहाँ कुलसुमको घाँटीको क्यान्सरको उपचार चलिरहेको छ । अदालतले उनलाई राजनीतिक रूपबाट प्रेरित आरोपहरूमा सुनुवाइका लागि उपस्थित हुन आदेश पनि दिएको छ। 

उनकी छोरी मरियमलाई पनि अदालतले सातवर्षे कारावासको सजायँ सुनाएको छ । अदालतले फरार सूचीमा राखेका उनका ज्वाईं अवकाशप्राप्त क्याप्टेन सफ्दार तथा दुई छोराहरू हसन र हुसेनलाई पनि उक्त प्रकरणमा जोडिएको छ। 

छोरी मरियमलाई आमनिर्वाचनमा उम्मेदवार बन्न यसअघि अयोग्य घोषित गरिएको थियो । पूर्वप्रधानमन्त्री सरिफले आफूमाथि लगाइएका अभियोग अस्वीकार गर्दै आएका छन्। 

२८ जुलाई २०१७ मा अदालतले प्रधानमन्त्री बन्न अयोग्य घोषणा गरेपछि सरिफले पदबाट राजिनामा दिएका थिए । सत्तामा रहँदा सेनासँग ठूलो मतभेदका कारण उनले बारम्बार पदच्युत हुनु परेको थियो । सन् १९९९ मा उनलाई सत्ताबाट हटाउन सेनाले रक्तपातविहीन विद्रोह नै गरेको थियो। 

एक साताअघि लन्डनमा आयोजना गरेको पत्रकार सम्मेलनमा सरिफले पत्नीको उपचार सकिएपछि पाकिस्तान फर्किने बताएका थिए । अदालतले दोषि ठहर गरे या नगरे पनि आफू स्वदेश फर्किने उनको भनाइ थियो। 

जियो टेलिभिजनका अनुसार अदालती फैसलापछि अशान्ति फैलिने शंकामा पाकिस्तानी राजधानी शहर इस्लामावादमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । एक ठाउँमा जम्मा भएर बस्न तथा सभा–जुलुस गर्न नपाइने घोषणा प्रशासनले गरेको छ। - एजेन्सी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।