सोमबार, फागुन २५, २०८२

बेलायतमा पनि भेटिए नयाँ भरियन्टका संक्रमित

दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोनका संक्रमित संयुक्त अधिराज्य बेलायतमा पनि फेला परेका छन्।
 |  शनिबार, मंसिर ११, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ११, २०७८

लन्डन- दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोनका संक्रमित संयुक्त अधिराज्य बेलायतमा पनि फेला परेका छन्।

National life

बेलायती स्वास्थ्यमन्त्री साजिद जाभिदले बेलायती स्वास्थ्य सुरक्षा एजेन्सीले बेलायतमा पनि दुई जनाका नयाँ भेरियन्ट देखिएको पुष्टि गरेको जनाएका छन्। 

उनले नयाँ भेरियन्ट देखिएका दुबै जना सेल्फ-आइसोलेसनमा राखेको बताएका छन्। उनको सम्पर्कमा आएका व्यक्तिहरुको ट्रसिङ भइरहेकोसमेत उनले जनाएका छन्। 

यसअघि नयाँ भेरियन्ट दक्षिण अफ्रिका, बोत्सवाना, बेल्जियम, इजरायल र हङकङमा फेला परेको थियो। 

नोभेम्बर २४ मा पहिलो पटक ओमीक्रोन भेरियन्ट दक्षिण अफ्रिकामा फेला परेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। बेलायतमा देखिएका दुई जना पनि दक्षिण अफ्रिकाबाट आएका बेलायती स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

Laxmi sunrise bank
kumari

अमेरिका, क्यानडा, बेलायत, युरोपेलि संघ, जापान, इरान, साउदी अरब, संयुक्त अरब इमिरेट्स र बहराइनले दक्षिण अफ्रिकासहित बोत्सवाना, जिम्बाबे, नामिबिया, लेसोथो, इस्वातिनी, मोजाम्बिक तथा मलावीबाबाट हुने हवाई तथा स्थल यात्रामाथि प्रतिबन्ध लगाइसकेका छन्। - बीबीसी


प्रकाशित: Nov 27, 2021| 21:16 शनिबार, मंसिर ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।