मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश प्रमुखको मुल्याङ्कन गरेर राख्ने वा हटाउने निर्णय हुन्छ : कानुन मन्त्री

प्रदेश प्रमुखको मुल्याङ्कन गरेर राख्ने वा हटाउने निर्णय हुन्छ : कानुन मन्त्री

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले प्रदेश प्रमुखहरुलाई तत्काल पदबाट नहटाउने बताएका छन्।

प्रतिनिधिसभाको शुक्रबार बैठकपछि सञ्चारकर्मीसँग भने, ‘अहिले उहाँहरु कायमै हुनुहुन्छ। निश्चित विधि र प्रकृयाबाट उहाँहरुको मुल्याङ्कन गरि निर्णय गरिने छ।’ उनले प्रदेश प्रमुखहरुको क्रियाकलापको मुल्याङ्कनपछि मात्र निर्णय लिने बताए।

मन्त्रिपरिषद्को बुधबारको बैठकले पूर्ववर्ती देउवा सरकारको समय १४ भदौदेखि फागुन २ गतेसम्म गरेको सबै नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो। प्रदेश प्रमुखलाई पदमुक्त गर्ने अधिकार संविधानले राष्ट्रपतिलाई मात्र दिएको छ।

‘प्रदेश प्रमुखहरु हट्नु भएको छैन। काम गरिरहनु भएको छ’ मन्त्री तामाङले भने ‘एउटा सरकारको पालामा नियुक्त भएपछि अर्को सरकार आईसकेपछि उहाँहरुले आफै हट्नु पर्ने हो तर नहट्नु भएपछि उहाँहरुको अध्ययन गर्छौं र सरकारले नै निर्णय गरेर राष्ट्रपतिलाई पठाउँछौं।’

उनले अन्य नियुक्तिहरु विधि र प्रकृया नपु‍र्‍याई गरिएको हकमा भने हामी छोडाउने पक्षमा रहेको बताए। ‘हाम्रै पालामा नियुक्ति भएका राजनीतिक नियुक्ति लिएकाहरु पनि अर्को सरकार आएछ भने राजिनामा दिनु पर्छ भन्ने पक्षमा छौं’, मन्त्री तामाङले भने।

कांग्रेसको संकल्प प्रस्तावले केसीको मागमा केही असर गर्दैन

कांग्रेसका सांसदहरुले संसदमा संकल्प प्रस्ताव पेश गर्नु र नगर्नुले गोविन्द केसीको मागलाई फरक नपार्ने मन्त्री तामाङले वताए। ‘उहाँको उपचार सरकारले गर्छ र जीवन रक्षा गर्छ, उनले भने ‘तथापी उहाँले यहाँबाट सरकारले पठाएका चिकित्सकबाट उपचार सेवा लिन्न भन्नु भएको छ।’

केसीको स्वास्थ्य स्थिति कृटिकल हुनेबित्तिकै सरकारले काठमाडौं ल्याएर भए पनि उपचार गर्ने उनले बताए।

अर्को प्रसंगमा मन्त्री तामाङले सांसदहरुले सार्वजनिक महत्वको प्रस्ताव दर्ता संसद बैठक शुरु हुनुभन्दा २ घण्टाअघि गर्नुपर्ने र सभामुखले त्यस्तो प्रस्तावको गाम्भिर्यतालाई हेरेर दर्ता गर्ने चलन भएको भन्दै मन्त्रीलाई सोधेर मिति निर्धारण हुने बताए। 

कांग्रेसका सांसदहरुले संकल्प प्रस्ताव दर्ता गर्ने बित्तिकै छलफल हुनु परो भनेपछि अप्ठ्यारो परेको बताए। उनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री उपत्यकाबाहिर हुनु भएकोले यसको व्यवस्था गर्न नसकिएको बताए। 

अब संकल्प प्रस्तावको बिषयमा सभामुखले सम्बन्धित मन्त्रीलाई सोधेर मात्र सो बिषयमा जवाफ दिन सोमबारको समय दिएको बताए। 


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।