मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नामाकरण गर्नेमा प्रदेश ४ दोस्रो, गण्डकी प्रदेश घोषणा

नामाकरण गर्नेमा प्रदेश ४ दोस्रो, गण्डकी प्रदेश घोषणा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रदेश ४ प्रदेशसभा बैठकले प्रदेशको नाम गण्डकी प्रदेश घोषणा गरेको छ। प्रदेशको नामाकरण गर्नेमा प्रदेश ४ दोस्रो भएको छ। यसअघि नै प्रदेश छ ले प्रदशको नाम कर्णाली प्रदेश घोषणा गरिसकेको छ।

शुक्रबार बसेको प्रदेशसभा बैठकले दुई तिहाई बहुमतका आधारमा प्रदेशको नाम गण्डकी प्रदेश राख्ने प्रस्ताव पास गरेको हो ।

गण्डकी प्रदेश राख्नुपर्ने पक्षमा ५४ मत परेको छ भने नयाँ शक्ति पार्टीका दुर्इ जना सांसदहरुले प्रदेशको नाम गण्डकी राख्ने प्रस्तावको विपक्षमा मत दिएका हुन्।

सभामुख नेत्रनाथ अधिकारीले मतदान गरेनन् भने जनमोर्चाका सांसद टेकबहादुर घर्ती अनुपस्थित रहे ।

प्रदेशको स्थायी राजधानी यसअघि नै पोखरा तोकिएको छ।

प्रदेशको नाम र स्थायी राजधानीबारे सुझाव दिन प्रदेशसभाले समिति नै बनाएको थियो । समितिले प्रदेशको नाममा गण्डकी, तमुवान-मगरात लगायतको विकल्प दिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।