मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अपडेट- मुस्ताङ दुर्घटनामा ज्यान गुमाउने १५ जनाको सनाखत

अपडेट- मुस्ताङ दुर्घटनामा ज्यान गुमाउने १५ जनाको सनाखत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा कालीगण्डकी करिडोर सडकमा काम गर्ने मजदुर चढेको ट्रिपर दुर्घटनामा १५ जनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमा ४ जना महिला र ११ जना पुरुष रहेका छन्।

प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार ३२ जना सवार टिपरमा १५ जनाको घटनास्थलमै मृत्यु भएको छ। उनका अनुसार दुर्घटनामा १७ जना घाइतेलाई उद्दार गर्न काठमाडौंबाट नेपाली सेना र एयर डाइनास्टिकको गरी दुर्इवटा हेलिकप्टरबाट पोखरा र काठमाडौं ल्याइएको छ।

बाटो बनाउने कामदार बोकेको बा २ क २२१९  नम्बर टिपर साढे २ बजेतिर अनियन्त्रित भएर सडकबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी प्रमुख मुस्ताङका प्रहरी नायब उपरीक्षक महेन्द्र खडकाले जानकारी दिएका छन्। 

मृतकहरुको नामावली

१ जि. दाङ वर्ष ३० को बाल कुमार घर्ती

२ जि. रोल्पा वर्ष २८ को सुकमान रोका

३ जि. धादिङ वर्ष २३ को सुजन घलान (चालक)

४. जि. सिन्धुली वर्ष २०को जिवन माझी

५. जि. कैलाली वर्ष २२ को बिन्ती घर्ति

६. जि. रोल्पा वर्ष १९ को महेश रोका

७. जि. कपिलवस्तु वर्ष ३५ को कमान सिंह रोका

८. जि. दाङ वर्ष ३१ की कबिता घ.म. (महिला)

९. जि. रोल्पा वर्ष ३२ को रामकुमार पुन

१० जि. दाङ वर्ष ३५ को सुबेर चौधरी

११. जि. कैलाली वर्ष २३ की बिनिता घर्ती (महिला)

१२. जि. दाङ वर्ष ४३ की शान्ती थापा ( महिला )

१३. जि. रोल्पा वर्ष ३२ की सोन्तु घर्ती (महिला )

१४. जि. स्याङ्जा वर्ष २४ को कृष्ण क्षेत्री

१५. जि. दाङ वर्ष २५ को कमल बुढा
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।