बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • युवालाई अरब जान रोक्न अर्गानिक कृषि र व्यवहारिक शिक्षा आवश्यक : प्रदेश प्रमुख खापुङ

युवालाई अरब जान रोक्न अर्गानिक कृषि र व्यवहारिक शिक्षा आवश्यक : प्रदेश प्रमुख खापुङ

प्रदेश नम्बर १ का प्रदेश प्रमुख परशुराम खापुङले अरब जाने युवालाई स्वदेशमै रोक्न अर्गानिक कृषि र व्यवहारिक शिक्षाको माध्यमलाई जोड दिनुपर्ने बताएका छन्।
 |  शनिबार, मंसिर ११, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ११, २०७८

खोटाङ- प्रदेश नम्बर १ का प्रदेश प्रमुख परशुराम खापुङले अरब जाने युवालाई स्वदेशमै रोक्न अर्गानिक कृषि र व्यवहारिक शिक्षाको माध्यमलाई जोड दिनुपर्ने बताएका छन्।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभद्रा मदन फाउण्डेसनले निर्माण गरेको शुभम ट्रेडिङ सेन्टर तथा अर्गानिक क्याफे भवन, कस्टम हायरिङ सेन्टर र होमस्टे उद्घाटन गर्दै प्रदेश प्रमुख खापुङले अर्गानिक कृषि र व्यवहारिक शिक्षाको माध्यमबाट रोजगारी सिर्जना गर्न सके नौजवान अरब जान बन्द हुने स्थिति आउने बताएका हुन्। 

‘फाउण्डेसनको वैकल्पिक शिक्षाको अभ्यास देशको भविष्य, नेपाली जनताको सुख, शान्ति र संवृद्धि मात्र नभएर रोजगारीसँग गाँसिएको छ। यो कुरा नेपालीले सिक्यौं भने जान्यौं भने नौजवान अरब जान बन्द हुने स्थिति आउँछ। मलेसिया जानुपर्ने स्थिति बन्द हुन पुग्छ,’ खापुङले भने।

ग्लोवलाइजेसनको कारण मान्छे अमेरिका पुग्नु, अष्ट्रेलिया पुग्नु, लण्डन पुग्नु आफ्नो रुचीको विषय भए पनि प्रयास गरियो भने अहिलेको जस्तो बाध्यात्मक अवस्थाको अन्त्या हुने उनले बताए।

प्रकाशित: Nov 27, 2021| 08:05 शनिबार, मंसिर ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।