बुधबार, भदौ ३, २०८३

देशभर चिसो बढ्यो : कस्तो रहला आजको मौसम?

बंगलादेश आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ। शनिबार बिहान प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा बदली छ। तराईमा तुवाँलो लागेको छ।
 |  शनिबार, मंसिर ११, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ११, २०७८

काठमाडौं- बंगलादेश आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ। शनिबार बिहान प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा बदली छ। तराईमा तुवाँलो लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला दिनमा काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढ्न थालेको छ। पछिल्लो २४ घन्टामा काठमाडौंको न्यूनतम तापक्रम ८.८ डिग्रीसेल्सियसमा झरेको छ। सबैभन्दा कम तापक्रम माइनस  २.८ डिग्री रहेकाे छ।

शनिबार दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनीका पहाडी भूभागमा बदली रहनेछ  भने ती क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ।

राति प्रदेश १ र बागमतीका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

प्रकाशित: Nov 27, 2021| 07:28 शनिबार, मंसिर ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।