प्रतिनिधिमुलक तस्बिर
मुगु- नेपाल प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच मुगुमा झडप भएको छ।
प्रशासनको अनुमति बेगर मुगु सदरमुकाम गमगढीमा शुक्रबार आमसभा गर्न लागेका विप्लव कार्यकर्तामाथि प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो।
झडपमा परी एक जना प्रहरी जवान देवेन्द्र सिंह धामीसहित दुर्इ जना घाइते भएका छन्। मुगु प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भिम किरण बोगटीका अनुसार विप्लव समूहका जिल्ला इन्चार्ज रंगवीर परियारसहित पाँच जनालार्इ नियन्त्रणमा लिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४