बुधबार, भदौ ३, २०८३

सेती नदीमा हाम फालेकी एक महिला बेपत्ता

डोटीको दिपायलकी एक महिला सेती नदीमा बेपत्ता भएकी छन्। शुक्रबार दिउँसो सेती नदीमा हाम फालेर उनी बेपत्ता भएकी हुन्।
 |  शनिबार, मंसिर ११, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ११, २०७८

धनगढी- डोटीको दिपायलकी एक महिला सेती नदीमा बेपत्ता भएकी छन्। शुक्रबार दिउँसो सेती नदीमा हाम फालेर उनी बेपत्ता भएकी हुन्। 

बेपत्ता महिलाको पहिचान खुलेको छैन। उनको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रूपसिंह थापाले जानकारी दिए।

उनले दिपायलस्थित सेती नदीको पक्की पुलमाथिबाट हाम फालेको प्रहरीले जनाएको छ। उनको खोजीकार्य जारी राखेको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 27, 2021| 06:19 शनिबार, मंसिर ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।