चितवन- घनश्याम भुसालले नेकपा एमालेको उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्। दसौँ महाधिवेशनमा सहभागी हुन चितवनमा रहेका भुसालले यस्तो घोषणा गरेका हुन्।
एमालेको दसौँ महाधिवेशन शुक्रबार उद्घाटन भइसकेको छ। नेतृत्वमा सहमतिको प्रयास भइरहे पनि आफूले उपाध्यक्षमा दावी गर्ने उनको भनाइ छ।