मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुस्ताङमा टिपर खस्दा चालकसहित १५ जनाको मृत्यु, १० घाइते

मुस्ताङमा टिपर खस्दा चालकसहित १५ जनाको मृत्यु, १० घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- मुस्ताङको स्याङबोचेमा सडकबाट टिपर खस्दा चालकसहित १५ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार २५ जना सवार टिपरमा १५ जनाको घटनास्थलमै मृत्यु भएको छ। उनका अनुसार घाइतेलाई उद्दार गर्न काठमाडौंबाट नेपाली सेना र एयर डाइनास्टिकको गरी दुर्इवटा हेलिकप्टर घटनास्थलतर्फ उडेका छन्। 

बाटो बनाउने कामदार बोकेको बा २ क २२१९  नम्बर टिपर साढे २ बजेतिर अनियन्त्रित भएर सडकबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी प्रमुख मुस्ताङका प्रहरी नायब उपरीक्षक महेन्द्र खडकाले जानकारी दिएका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।