मंगलबार, असार ३०, २०८३

नेकपामा ७० वर्ष पुगेकालाई बिदाइ गर्ने प्रस्ताव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेकपामा ७० वर्ष पुगेकालाई विदाइ गर्ने प्रस्तावमा छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पार्टी स्थायी समितिको बैठकमा स्थायी समिति सदस्य योगेश भट्टराईले लिखित रूपमा यस्तो प्रस्ताव गरेका हुन्। 

‘७० वर्ष नाघेका व्यक्तिले पार्टीको कार्यकारी कमिटीबाट बिदा लिने व्यवस्था गर्नुपर्छ। तर, केन्द्रीय आयोगका अध्यक्षहरू, सल्लाहकार तथा ज्येष्ठ कम्युनिस्ट मञ्चमा भने उमेरको हद नलाग्ने व्यवस्था गर्नुपर्छ,’उनको प्रस्तावमा उल्लेख छ।

मोर्चा संगठनका केन्द्रीय पदाधिकारीहरूको मर्यादा प्रदेश कमिटी सदस्यसरह तथा केन्द्रीय सदस्यहरूको मर्यादा पार्टीको जिल्ला कमिटी सदस्यसरह हुने व्यवस्था गर्ने पनि भट्टराईले सुझाव दिएका छन्।

अनुशासन आयोग, लेखा परीक्षण आयोग र निर्वाचन आयोग पार्टी एकताको संक्रमणकालीन अवस्था र एकताको भावनालाई ध्यान दिँदै ३१ सदस्यीयसम्म बनाउने र ती आयोगका अध्यक्षहरू पार्टी स्थायी कमिटीको पदेन सदस्य हुने व्यवस्था गर्न भट्टराईले प्रस्ताव गरेका छन्। 

विधान मस्यौदामा ती सबै कमिटी २१ सदस्यीय हुने व्यवस्था गरिएको  छ। सबै तहका अधिवेशनमा सदस्यबाट निर्वाचत भएर प्रतिनिधि आउने व्यवस्था गर्न उनले प्रस्ताव गरेका छन्। सबै अधिवेशनमा १० प्रतिशत मनोनयन गर्ने यसअघिको व्यवस्था छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।