सोमबार, चैत २, २०८२

आईएस प्रमुख बगदादीका छोरा मारिए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
लन्डन- अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस)का प्रमुख अबु बकर अल-बगदादीका एक छोरा सुरक्षा कारवाहीमा मारिएका छन् । आईएसले पनि त्यसको पुष्टी गरेको छ । 

बगदादीका छोराको नाम हुदहैफा अल-बद्री थियो । आईएसविरुद्ध सिरिया र रुसको संयुक्त सैन्य कारवाहीमा उनी मारिएका हुन् । आईएसका अनुसार सिरियाको होम्स प्रान्तमा उनी मारिएका हुन् । आतंकवादी संगठनले हातमा राइफल लिएको अल-बद्रीको तस्बिर पनि सार्वजनिक गरेको छ । 

आईएस प्रमुख बगदादी टाउको मूल्य अढाइ करोड अमेरिकी डलर तोकिएको छ । उनी पनि धेरै पटक घाइते भएको र मारिएको अपुष्ट समाचार सार्वजनिक हुने गरेको छ । मारिएका उनका छोराबारे सुरक्षा एजेन्सीहरूलाई कमै जानकारी छ । 

'जिहाद' विषयका जानकार तथा इराक सरकारका सल्लाहकार हिसम अल-हसिमीका अनुसार अल-बद्री इराकी शहर समारामा सन् २००० मा जन्मेका थिए । बगदादी पनि सन् १९७१ मा इराकको राजधानी शहर बगदादमा जन्मेका हुन् । 

सन् २००३ सम्म बगदादी बगदादकै एक मस्जिदमा मौलवी थिए । सन् २०१४ मा एकाएक उनी आईएस प्रमुखका रूपमा देखा परेका हुन् । 

बगदादीका वरिष्ठ कमान्डरहरू पनि धमाधम पक्राउ पर्दै आएका छन् । हालसम्म पाँच जना पक्राउ परिसकेको जानकारी अल-हसिमीले नै सार्वजनिक गरेका थिए । 

विस्तारै उक्त आतंकवादी संगठन कमजोर बन्दै गएको दाबी पश्चिमा मुलुकहरूको छ । अब सिरियाको सानो इलाकामा मात्र आईएसको पकड रहेको उनीहरूको भनाइ छ । इराक सरकारले डिसेम्बर २०१७ मै आईएसविरुद्धको लडाईंमा विजय हासिल भएको दाबी गरिसकेको छ । र, सिरिया सीमावर्ती इलाकामा मात्र सैन्य कारवाहीलाई सीमित बनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।