काठमाडौं- जंगली हात्तीको आक्रमणमा परी झापामा एक जनाको ज्यान गएको छ। शुक्रबार बिहान ६:३० बजे मेचीनगर-१४ शनिबारेस्थित टंक पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा भद्रपुर-९ का ६० वर्षीय रामबहादुर बुर्जा मगरको ज्यान गएको हो।
हात्तीले अचानक आक्रमण गर्दा उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। आक्रमणपछि हात्ती चारआली जंगलतर्फ गएको स्थानीयले बताएका छन्।
प्रहरीले वन कार्यालयसँग समन्वय गरेर मृतकको शव पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाउने तयारी भइरहेको जनाएको छ।