शुक्रबार, जेठ १, २०८३

नौ महिनाअघि अमेरिका पुगेका बजगार्इंको हत्या

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं- अमेरिकाको भर्जिनियामा एक नेपालीको हत्या भएको छ । भर्जिनियाको हर्नडन्डस्थित ग्यास स्टेसनमा काम गर्दै आएका रमेश बजगाई‌को लुटेरा समूहले हत्या गरेको हो । 

पुर्ख्यौली घर गोरखा भएका बजगाईंको परिवार अहिले चितवनको भरतपुरमा बसोबास गर्दै आएको छ । 

स्टेसनमा काम गरिरहेका उनलाई बुधबार बिहान स्थानीय समयअनुसार सवा एक बजे लुटेराको समूहले गोली हानी हत्या गरेको हो । उनी नौ महिनाअघि  मात्रै अमेरिका पुगेका थिए । उनकी श्रीमती तथा पाँच वर्षकी छोरी छन् । 

अहिले अमेरिकामा विभिन्न ग्यास स्टेसनमा काम गर्ने नेपालीको संख्या करिब ३० हजार छ । यस वर्ष मात्रै अमेरिकामा भएका विभिन्न गोलीकाण्डबाट १३ हजार दुई सय ८६ जनाको मृत्यु भइसकेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।