बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रहरी जवानदेखि इन्स्पेक्टरसम्म २३ सय पदमा नयाँ भर्ना आह्वान

प्रहरी जवानदेखि इन्स्पेक्टरसम्म २३ सय पदमा नयाँ भर्ना आह्वान

नेपाल प्रहरीले विभिन्न पदमा पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ। प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना तथा छनोट महाशाखाले शुक्रबार सूचनागरेर दुई हजार तीन सय २० जनाको लागि नयाँ भर्ना आह्वान गरेको हो।
 |  शुक्रबार, मंसिर १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १०, २०७८

काठमाडौं- नेपाल प्रहरीले विभिन्न पदमा पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ।  प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना तथा छनोट महाशाखाले शुक्रबार सूचनागरेर दुई हजार तीन सय २० जनाको लागि नयाँ भर्ना आह्वान गरेको हो। 

खुला र समावेशी समूहमा गरेर प्रहरी निरीक्षक, प्रहरी जवान र प्रहरी कार्यालय सहयोगीको लागि दरखास्त आह्वान गरिएको छ।

जनपथतर्फ प्रहरी निरीक्षकमा १४६ जना माग गरिएको छ। सबैभन्दा बढी प्रहरी जवानमा एक हजार नौ सय ७१ जना माग गरिएको सूचनामा उल्लेख छ। जसमा खुला तर्फ एक हजार ६३ जना छन्।

त्यसैगरी कार्यालय सहयोगी (भान्से) तर्फ १६३ जना, हजाम तर्फ १०, सिलाईबुनाई तर्फ १०, कुचिकारमा १० र धोबी १० जना माग गरिएको छ।

 

प्रकाशित: Nov 26, 2021| 09:20 शुक्रबार, मंसिर १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।