धनगढी- कैलालीको गौरीगंगा नगरपालिका ११ की १९ बर्षीया माया विकको सामुहिक बलात्कार पश्चात् हत्या भएको खुलेको छ। प्रहरीको अनुसन्धानबाट उक्त कुरा खुलेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी घट्नामा संलग्न ५ जनालाई सार्वजनिक गरेको छ।
घट्नाका मुख्य योजनाकार मायासँगै काम गर्ने ३० बर्षका गणेश बडुवाल रहेको प्रहरी उपरीक्षक बिनोद घिमिरेले जानकारी दिए। घट्नामा संलग्न अन्यमा सोही वडाका २७ बर्षका मनोज बोगटी, २१ बर्षका सुरज चौधरी, २० बर्षको भुवन खाती र १९ बर्षका तपेन्द्र बोगटी रहेका छन।
घट्ना कसरी भयो ?
मायासँगै काम गर्ने गणेश बडुवालले मायालाई ८ गते यौन सम्पर्कको प्रस्ताव राख्यो। उनले सोझै इन्कार गरिन। त्यसपछि ११ गते गणेशले जबरजस्ती गर्न खोज्यो तर सफल भएन। अनि उसले यौन सम्पर्क गर्न नपाएको झोकमा साथिको प्रयोग गरेर ८० हजार पैसा दिन्छु भनेर मनोज बोगटीसहितकालाई प्रयोग गर्यो। तीन जनाले बलात्कार गर्दा उनको ज्यान गएको प्रहरीले जनाएको छ।
उनको शव जेठ १५ गते जंगलमा मृत अवस्थामा फेला परेको थियो। चुन्निले घाँटीमा र सुरुवालले दुवै हात पिठ्यूमा बाँधेको अवस्थामा शव भेटिएको थियो । उनैले लगाएको सुरुवालले हात, चुन्निले घाँटी बाँधिएको र पातले मुखमा बुझेको अवस्थामा शव भेटिएको थियो।
उनलार्इ करिब ५० मिटर जति घिसार्दै लगिएको अनुसन्धानबाट खुलेको छ।
असार १२ गते नगरपालिकाबाट घरधुरी सर्वेक्षणमा गएकी विकको शव शुक्रबार गौरीगंगाकै वडा नंम्बर ११ स्थित चपरचल्ली सामुदायिक वनमा फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालयले घट्ना बारे अनुसन्धान गर्न प्रहरी नायब उपरीक्षक हरीबहादुर वलीको संयोजकत्वमा नौ सदस्सीय अनुसन्धान टोली गठन गरेको छ। माया गौरीगंगा नगरपालिकाको समावेशी विकास कार्यक्रम अन्र्तगत वडामा घरधुरी सर्वेक्षणका लागि एक महिने करार सेवामा कार्यरत छिन् ।
कसरी भेटियो शव
१२ गते बिहान ९ बजेतिर खाना खाएर काममा हिँडेकी उनी घरमा नआएपछि परिवारले मसुरीया प्रहरीमा खोजीका लागि भोलीपल्ट निवेदन दियो। परिवारले त्यो भन्दा बढी चाँसो देखाएन।
मायाले चलाउने साईकल १४ गते धनगढी जाई बस्ने सरोज वडले मसुरियामा चलाईरहेको उनको बहिनीले देखिन्। त्यो कुरा घरमा गएर बुबालाई सुनाइन्। सोधपुछका क्रममा वडले साइकल वनमा बाख्रा चराउन गएको बेला भेटाएको सुनाए। वडलाई प्रहरीले बोलाएर सोधपुछ गरेपछि उनले साईकल गाईबाख्रा चराउन जंगलमा जाँदा १२ गते नै देखेको र कसैको होला भनेर नचलाएको बताए। दुई दिन सम्म लगातार साइकल त्यहि ठाउँमा भेटेपछि उनले कसैको हराएको होला भनेर घर ल्याए र गाउँमा कसैको होकि भनेर सोधपुछ समेत गरे। तर कसैले आफ्नो हो नभनेपछि उनैले चलाउने गरे।
वड त्यहाँ ससुराली गाउँ गएका हुन्। प्रहरीले उनलाई साइकल भेटिएको ठाउँ देखाउन लगेको थियो। साईकल भेटिएको ठाउँ भन्दा करिव ५० मिटर पर पुग्दा चप्पल र एक सय मिटर पर शव भेटिएको थियो। घट्नामा संलग्नलाई कर्तव्य ज्यान तथा जवाफदेहिता जबरजस्ती करणी अन्तर्गत मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४