आइतबार, वैशाख २०, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • वायु प्रदुषणबाट प्रभावित निर्माण मजदुरलाई दिल्ली सरकारले ५ हजार दिने

वायु प्रदुषणबाट प्रभावित निर्माण मजदुरलाई दिल्ली सरकारले ५ हजार दिने

भारतको दिल्ली सरकारले काम गर्न रोक लगाइएका निर्माण मजदुरहरूलाई पाँच हजार रूपैयाँ दिने भएको छ।
 |  बिहीबार, मंसिर ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ९, २०७८

नयाँ दिल्ली- भारतको दिल्ली सरकारले काम गर्न रोक लगाइएका निर्माण मजदुरहरूलाई पाँच हजार रूपैयाँ दिने भएको छ।  

National life

वायु प्रदुषण न्युनिकरणका लागि सरकारले निर्माण कार्य रोक्न निर्देशन दिएपछि पिडित भएका मजदुरहरुलाई पाँच हजार रुपैया दिने निर्णय भएको मुख्य मन्त्री अरविन्द केजरीवालले जानकारी दिए।

'सरकारले निर्माण कार्य रोक्न अनुरोध गरेपछि निर्माण कार्य गर्नबाट बञ्चित भएका मजदुरहरुलाई पाँच हजार रुपैयाँ दिने निर्णय गरेको छ,' उनले भने।

काम विमुख भएका मजदुरहरुलाई उनीहरुकै खातामा पैसा पठाइने व्यवस्था भएको पनि उनले जानकारी दिए। सरकारका कारण कामबाट बञ्चित हुनु परेकोले सामान्य राहत तथा क्षतिपुर्ति स्वरूप उनीहरूलाई रकम दिने निर्णय भएको उनको भनाइ छ।

भारतका बिहिबार पनि वायु प्रदुषणको गुणस्तर अति नराम्रो अवस्थामा रहेको अधिकारीहरूले जानकारी दिएका छन्। 

प्रकाशित: Nov 25, 2021| 23:35 बिहीबार, मंसिर ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।