सोमबार, फागुन २५, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • फ्रान्सले सबै वयस्कहरूलाई कारोनाविरूद्धको अतिरिक्त खोप दिने

फ्रान्सले सबै वयस्कहरूलाई कारोनाविरूद्धको अतिरिक्त खोप दिने

फ्रान्सले कोरोना भाइरस (कोभिड–१९) विरूद्धको ‘अतिरिक्त खोप’ यस सप्ताहन्तबाट सबै वयस्कलाई उपलब्ध गराउने बिहीबार घोषणा गरेको छ।
 |  बिहीबार, मंसिर ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ९, २०७८

पेरिस- फ्रान्सले कोरोना भाइरस (कोभिड–१९) विरूद्धको ‘अतिरिक्त खोप’ यस सप्ताहन्तबाट सबै वयस्कलाई उपलब्ध गराउने बिहीबार घोषणा गरेको छ।

National life

कोभिड–१९ विरूद्धको ‘अतिरिक्त खोप’ यस सप्ताहन्तबाट सबै वयस्कलाई उपलब्ध गराउने र कोभिड सङ्क्रमणको नयाँ लहरको सामना गर्ने फ्रान्सेली स्वास्थ्य मन्त्री ओलिभियर भेरानले बताएका हुन्।

अहिलेसम्म कोभिडविरूद्धको खोपको अतिरिक्त मात्रा ६५ वर्ष नाघेका स्वास्थ्यकर्मी तथा स्वास्थ्य समस्या भएका मानिसहरूको लागि मात्र उपलब्ध गराइएको थियो। 

भेरानले बताएअनुसार जनवरी १५ देखि १८ वर्ष नाघेका मानिसहरूले जुन रेस्टुराँ, बार, व्यायामशाला र अन्य सार्वजनिक स्थलहरूमा प्रवेश गर्नका लागि वैध कोभिड पास राख्नु वा खोपको मात्राको प्रमाण देखाउनुपर्ने प्रावधान राखिने छ। 

उनले सङ्क्रमणको पाँचौं लहर विरुद्धको लडाइँलाई सफल पार्न कर्फ्यू वा लकडाउनको उपाय अवलम्बन गन नसकिने संकेत गरे। उनले यस ग्रीष्म ऋतुमा अघिल्लो लहरभन्दा ‘अझ शक्तिशाली र लामो’ हुनसक्ने बताए।

Laxmi sunrise bank
kumari

भाइरस फैलिनदेखि लड्न केही युरोपेली देशहरूले प्रयोग गर्ने भेरानले भने, 'सबैभन्दा बढी प्रतिबन्धात्मक उपायहरू प्रयोग नगरिकन हामी यो लहरपार गर्न सक्छौं।'

राष्ट्रपति इम्यानुएल म्याक्राँले थपे, 'कोभिड नियन्त्रणका लागि प्रतिबन्धात्मक उपाय अवलम्वन गर्नुभन्दा सरकारले मानिसहरूलाई रोग प्रतिरोध क्षमतामा वृद्धि गर्न दबाब दिइरहने र मास्क लगाउने सम्बन्धी नियमहरूलाई सुदृढ बनाउने योजना बनाएको छ। हालैका महिनाहरूमा खोप अभियानलाई सशक्त बनाएपछि नियन्त्रणका प्रतिबन्धात्मक उपायलाई रोकिएको थियो।'

'शुक्रबारदेखि फेरि सबै बन्द सार्वजनिक स्थानमा मास्क प्रयोग गरी प्रवेश गर्न सकिने छ भने कोभिड पास भएकालाई मात्र प्रवेशका लागि पहुँच योग्य स्थानहरूलाई छुट्ट्याइने छ,' भेरानले भने। 

स्थानीय अधिकारीहरूले क्रिसमस बजारजस्ता कुनै–कुनै बाहिरी कार्यक्रमहरूमा पनि कोभिड पास भएकालाई मात्र प्रवेशका लागि पहुँच योग्य स्थानका रूपमा व्यवस्था गरिनेछ।

हालैका दिनहरूमा फ्रान्समा दैनिक कोभिड सङ्क्रमितको नयाँ संख्या बढेको छ। बुधबार सात महिना यता सबैभन्दा बढी ३२ हजार ५९१ पुगेको थियो। तर अस्पतालमा भएका गम्भीर घटनाहरूको संख्या अझै पनि व्यवस्थापन गर्न सकिने अवस्थामा भएको सरकारी अधिकारीहरूले बताएका छन्।

प्रकाशित: Nov 25, 2021| 23:10 बिहीबार, मंसिर ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।