मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसदीय विशेष सुनुवाइसमितिका लागि तीन जनाको नाम सिफारिस

संसदीय विशेष सुनुवाइसमितिका लागि तीन जनाको नाम सिफारिस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-राष्ट्रियसभाले संसदीय विशेष सुनुवाइ समितिका लागि तीन जनाको नाम सिफारिस गरेको छ । राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकले नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट दुई र नेपाली कांग्रेसका एक सांसदको नाम सर्वसम्मतले सिफारिस गरेको हो । 

बैठकले संसदीय विशेष सुनुवाइ समितिका लागि नेपाल कम्युनिस्ट पार्टीका सुमनराज प्याकुरेल तथा नन्दा चापागाई र नेपाली कांग्रेसका जितेन्द्रप्रसाद देवको नाम सिफारिस गरेर पठाएको छ । 

विशेष सुनुवाइ समितिमा राष्ट्रियसभाका तीन र प्रतिनिधिसभाका १२ सदस्यगरी १५ सदस्यीय रहने व्यवस्था छ । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकको कार्यसूचिमा समितिका सदस्यको नाम सिफारिस गर्ने कार्यसूची राखिएपनि कांग्रेसले संसद बैठक अवरोध गरेपछि यो विषयको टुंगो लाग्ने कि नलाग्ने भन्ने अन्यौल बनेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।