मंगलबार, असार ३०, २०८३

कांग्रेसले संसद चल्न दिएन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- डा. गोविन्द केसीले राखेका माग सम्बोधन गर्न संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्तावलाई कार्यसूचीमा समावेश गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुक्रबार संसद बैठक चल्न दिएन । 

संसदको बैठक शुरु हुनसाथ कांग्रेसले बैठकमा सरकारले मेडिकल माफियालाई पोस्नेगरी चिकित्सा शिक्षा विधेयक ल्याएको आरोप लगाउँदै बैठक स्थगित गर्न माग गरेको थियो । 

कांग्रेसले आफूले राखेको माग सम्बोधन नभए बैठक चल्न नदिने अडान राखेपछि आधाघण्टाका लागि संसद बैठक स्थगित भएको छ । 

सरकारले ल्याउन लागेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक मेडिकल माफियालाई पोस्ने खालको भएको भन्दै नेपाली कांग्रेसले जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसद सचिवालयमा दर्ता गरेको छ । तर, शुक्रबारको संसदको कार्यसूचीमा यो प्रस्ताव समावेश नगरिएपछि कांग्रेसले बैठक अवरोध गरेको हो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।