काठमाडौं- कैलालीको लम्कीमा ट्रकले किच्दा एक महिलाको ज्यान गएको छ। बिहीबार बिहान करिब ११:५० बजे लम्कीचुहा नगरपालिका-१ पेट्रोल पम्प नजिकै ना२ख ९३७० नम्बरको ट्रकले किच्दा अन्दाजी ५० वर्षीया महिलाको घटना स्थलमै ज्यान गएको हो।
मृतक महिला परिचय खुल्न सकेको छैन। ट्रक चालक नवलपासीका राजकुमार चौधरी प्रहरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।