काठमाडौं- लोपउन्मुख वन्यजन्तु जिउँदो सालक खरिद बिक्रीमा संलग्न दुई जना पक्राउ परेका छन् ।
बाग्लुङबाट जिउँदो सालक बोकेर आएका निसीखोला गाउँपालिका दुईका दुर्गाबहादुर बिक र सालक किन्न तयारी अवस्थामा रहेका काठमाडौं चन्द्रागिरीका राजेन्द्र तामाङ पक्राउ परेका हुन् ।
सुराकीका आधारमा शंखपार्कमा जिउँदो सालकको खरिदबिक्री भइरहेको सूचना पाएको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथमा रहेको सालकलाई उद्दार गरी सदर चिडियाखाना जावालाखेल पढाइएको प्रहरीले जनाएको छ ।
सालक सीआईटीईएस अन्तर्राष्टिय महासन्धी १९७५ को अनुसुची १ मा लोपोन्मुख प्रजातिको सुचीमा सुचिकृत छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४