शनिबार, वैशाख ८, २०८१

अब त मुख खोल एमाले युवा

पुस्ता हस्तान्तरणको बहस गर्न नेपाली राजनीतिक नेतृत्व संकीर्ण छ। व्यवहारमा उतार्नुपर्ने बेला यो शब्द झन् राजनीतिक 'ट्याबू' बन्छ। नेपालका राजनैतिक नेतृत्व वर्गको क्रिर्याकलाप हेर्दा अपवादबाहेक मृत्युपछि मात्र पद छाड्ने मनशाय भेटिन्छ।
 |  बिहीबार, मंसिर ९, २०७८

रवि सेन्चुरी

रवि सेन्चुरी

बिहीबार, मंसिर ९, २०७८

नेपाली कम्युनिस्ट आन्दोलनले ७२ वर्षको इतिहासमा थुप्रै आरोहअवरोह अनुभव गरेको छ। २००७, २०४६ र २०६२/६३ सालका आन्दोलनबाट क्रमशः १०४ वर्षे निरंकुश राणा शासन, निर्दलीय पञ्चायती व्यवस्था र अढाई सय लामो एकात्मक राजतन्त्रात्मक व्यवस्थाको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका निम्ति नेपालका कम्युनिस्टहरूको भूमिका महत्वपूर्ण छ/थियो।  यी सबै आन्दोलनमा तत्कालीन अवस्थामा जे नाम भए पनि हालको नेकपा एमाले, यसका नेता/कार्यकर्ताको आहूति र संघर्षपूर्ण इतिहास छ। 

triton college

यी सबै क्रान्तिका नायक/नायिका युवा हुन्। युवाको रगतपसिनाको जगमा स्थापित दल नेकपा एमाले यतिबेला नेपालको प्रमुख राजनीतिक दल छ। त्यही दलको १०औँ राष्ट्रिय महाधिवेशनसम्म आइपुग्दा भने युवा निरीह बन्न पुगेका छन्। युवाले पार्टीमा सैद्धान्तिक र सांगठनिक चुनौती दिने अवस्था छैन। यो बेला युवा निरीह बस्ने नपर्ने हो।

एमालेका युवा  भ्रातृ संगठन (अनेरास्ववियु, युवा संघलगायत) का विभिन्न तहमा बसेर काम गर्दै आइरहेका युवा मूल दलको केन्द्रीय कमिटीलगायतका राजनीतिक प्रतिनिधित्व हुनुपर्ने स्थानबाट भने पाखा पारिएका छन्। चितवनमा मंसिर १० गतेदेखि सुरु हुने महाधिवेशन सम्पन्न गरिसक्दा कस्तो युवा सहभागिता बनाउँछ भन्ने अहिलेको प्रमुख विषय हो। दुखका साथ भन्नुपर्छ, यो महाधिवेशनमा युवा सैद्धान्तिकभन्दा पनि व्यक्ति केन्द्रित हुँदै गएका छन्। युवा भनिएका नेताहरू कसरी केन्द्रीय कमिटीमा पर्न सकिन्छ भन्ने धुनमा मात्र केन्द्रित छन्। यसले केही व्यक्तिलाई तत्कालका लागि केही फाइदा त पुर्‍याउला, तर युवा आन्दोलन र सहभागितालाई निको नहुने खत बसालिदिने पक्का छ। एकताको महाधिवेशन भनिएकाले पुरानै नेतालाई व्यवस्थापन गर्न महाधिवेशनले कसर बाँकी नराख्ने देखिन्छ। यसर्थ यो महाधिवेशनले युवाका लागि ढोका साँघुर्‍याउने लगभग निश्चित छ।

अधिकांश देशमा १५ देखि ३५ वर्षको उमेर समूहलाई युवा मानिन्छ। तर नेपालको सन्दर्भमा राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० उमेर समूहलाई युवा भनेको छ। २०६८ को जनगणनाअनुसार यो उमेर समूहको जनसंख्या ४०.३५ प्रतिशत छ। राष्ट्रिय युवा नीति नै कार्यान्वयनको अभ्यास गर्ने हो भने नेकपा एमालेको केन्द्रीय कमिटीमा अब कम्तीमा ४० प्रतिशत प्रतिनिधिको उमेर ४० प्रतिशत हुनुपर्छ। तर महाधिवेशनको छनक त्यस्तो छैन। 

पुस्ता हस्तान्तरणको बहस गर्न नेपाली राजनीतिक नेतृत्व संकीर्ण छ। व्यवहारमा उतार्नुपर्ने बेला यो शब्द झन् राजनीतिक 'ट्याबू' बन्छ। नेपालका राजनैतिक नेतृत्व वर्गको क्रिर्याकलाप हेर्दा अपवादबाहेक मृत्युपछि मात्र पद छाड्ने मनशाय भेटिन्छ।

पछिल्लो समय विभिन्न दृष्टिकोणबाट युवा केन्द्रित बहस र छलफल चल्न थालेका छन्। जसमध्ये युवाको राजनीतिक सहभागिता पनि एक हो। राजनीतिमा युवाबारे बहस भैरहँदा 'पुस्तान्तरण' थुप्रै पटक उच्चारण हुने शब्द हो। अन्तराष्ट्रिय क्षेत्रमा ४० वर्षमुनिका युवा नेतृत्वमा पुगेका बेला सामाजिक सञ्जालदेखि, सञ्चार माध्यम, राजनीतिक वृत्त र नीतिनिर्मातासम्म एक पटक छाल आउँछ। पार्टीको महाधिवेशनसहित व्यवहारमा लागू गर्नुपर्ने बेला सुषुप्त बन्छ।

corrent noodles
Metro Mart

पुस्ता हस्तान्तरणको बहस गर्न नेपाली राजनीतिक नेतृत्व संकीर्ण छ। व्यवहारमा उतार्नुपर्ने बेला यो शब्द झन् राजनीतिक 'ट्याबू' बन्छ। नेपालका राजनैतिक नेतृत्व वर्गको क्रिर्याकलाप हेर्दा अपवादबाहेक मृत्युपछि मात्र पद छाड्ने मनशाय भेटिन्छ। युवाले राष्ट्रिय पार्टीको अध्यक्ष, देशको प्रधानमन्त्री दाबी गर्न अझै केही दशकको यात्रा पनि छोटो हुने देखिन्छ। युवाले महाधिवेशनकै राजनीतिक महोत्सवमा चुनौती पेस गर्न जरुरी छ। 

युवा नेतृत्वमा कहिले पुग्ने?

पुस्तान्तरणका बारे यदाकदा आवाज उठ्ने गरे पनि युवा नेतृत्वमा पुग्न कम चुनौतीपूर्ण छैन। दलका भातृ संगठन, दलको वडा, नगर, क्षेत्र, जिल्ला र प्रदेश तहबाट केन्द्रीय तहमा आइपुग्दा कति बेला उमेर ढल्किसकेको हुन्छ थाहै हुँदैन। राजनीतिक तह पार गर्दागर्दै उमेर मात्र होइन, मानसिकता पनि वृद्ध भइसक्छ। तसर्थ युवाहरुलाई समयमा नै पार्टीको नेतृत्वमा पुग्न सक्ने मार्ग बनाउन जरुरी छ।

 आफ्नो उम्मेदवारीबारे कार्यकर्तामा सैद्धान्तिक, सांगठनिक, भावी योजनाबारे छलफल, बहस हुनुपर्ने बेला आशलाग्दा भनिएको युवाको मौनता आगामी पुस्ताप्रति पनि धोका हो।

युवा उमेर समूह नाघिसकेका नेता युवाका लागि बनाइएका पार्टीका भातृ संगठन छोड्नै चाहँदैनन्। ४० वर्षसम्म पार्टीको भातृ संगठनमा काम गरेका युवा कहिले पार्टीको केन्द्रीय कमिटीमा आएर नेतृत्वमा पुग्ने? दलले नीतिगत रूपमै युवा सहभागिताको निम्ति मार्ग नबनाए अझै केही दशक नेपालका प्रमुख राजनैतिक दलका पदाधिकारीहरुमा युवा उमेरका अनुहार भेट्न मुस्किल छ। अहिलेको राष्ट्रिय महाधिवेशनले निश्चित उमेर समुह निर्धारण गरी युवा सहभागिता बढाउनुपर्छ। यसमा युवाले दाबी गर्नुपर्छ।

बहस गर्नु पर्ने विषय

केही समय अघि गोदावारीमा सम्पन्न नेकपा एमालेको १०औँ राष्ट्रिय विधान अधिवेशनले पार्टीको विधान, सगठनात्मक संरचनालगायतका विषय पारित गरेको छ। तर त्यस विधान सम्मेलनमा थप विषयमा छलफल हुन सकेन। युवा नेतृत्वबाट छलफल, बहसको विषय अझसम्म पनि झन् झन् गौण बन्दै जानु विडम्बना हो। 

विधान महाधिवेशनमा ७२ वर्षको इतिहासमा पार्टीले गरेका उपलब्धि, कमिकमजोरी, पाटि एकता, केन्द्र र प्रदेश सरकार निमार्ण देखि पाटि विभाजन, सरकारहरुको विघटन, पाटिका सैद्धान्तिक पक्ष, २१ औ शताब्दीमा प्रविधि र भुमण्डलीकरणमा जनताको बहुदलीय जनवादको सार्थकता बारे, नेपाली समाजको चरित्र, समृद्ध नेपाल र सुखि नेपालीका आधारहरु लगाएका विषयमा व्यापक छलफल हुनु पर्ने थियो। त्यो छलफलको नेतृत्व युवा नेताहरुले गर्नु पर्ने थियो। तर युवाहरूले त्यसमा कुनै अग्रसरता देखाएनन्। 

युवाको मौनता

राष्ट्रिय महाधिवेशनको मिति नजिँकैदै गर्दा पनि उम्मेदवार खुल्न सकेका छैनन्। आफ्नो उम्मेदवारीबारे कार्यकर्तामा सैद्धान्तिक, सांगठनिक, भावी योजनाहरु बारे छलफल, बहस हुनुपर्ने बेला आशलाग्दा भनिएको युवाको मौनता आगामी पुस्ताप्रति पनि धोका हो। आफ्नो क्षमतामा विश्वास नगरी वर्तमान नेतृत्वको गुणगान गर्नु, उनीहरुसँगको सम्बन्धलाई भजाएर कमिटीमा चयन हुन च्याँखे थाप्नेमा युवा अघि छन्। अझ भविष्यमा दललाई नेतृत्व गर्ने युवा झन् मौन छन्। बोल्नुपर्नेहरु नेतृत्वको अघि नतमस्तक छन्। बोल्ने र लेख्ने अधिकांश युवाले पनि नेतृत्वको स्तुतिगान गरिरहेका छन्। उनीहरूमा फरक दृष्टिकोण, सैद्धान्तिक पक्ष र नेतृत्व दावी गर्ने आधार छैन।

पार्टीमा लामो समय लगानी गरेका युवाको मूल्याङ्कन पार्टीले गर्नुपर्छ। समयमा खेती गरे राम्रो भन्ने नेपाली उखानझैँ १०औँ राष्ट्रिय महाधिवेशनमा युवाहरुले आवाज उठाउन अझै ढिला गर्नुहुन्न। यो मूल्यवान् समय अहिले सदुपयोग नभए कहिले हुने? दलका लागि महापर्व मानिने राष्ट्रिय महाधिवेशनमा युवाले आफ्नो सहभागिताबारे बोल्न र संघर्ष गर्न पछि परे अर्को पुस्ताले पनि पछुताउनुपर्ने र गाली गर्ने अवस्था सिर्जना हुन्छ।

प्रकाशित: Nov 25, 2021| 10:30 बिहीबार, मंसिर ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...
अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...