काठमाडौं- हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
तर, पनि आज काठमाडौं उपत्यकासहित देशका केही स्थानमा पारिलो घाम लाग्ने सम्भावना कम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
तापक्रम घट्न थालेको र वायुमण्डलमा रहेका कण पनि त्यही थुप्रिएर बसेकाले मौसम पूर्णरुपमा नखुले महाशाखाले जनाएको छ।
आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ। क्षेत्रमा राति पनि हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।