शनिबार, मंसिर १३, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • बाग्लुङ : जिल्ला सभापति र आमन्त्रित केन्द्रीय सदस्य महाधिवेशन प्रतिनिधिमा पराजित

बाग्लुङ : जिल्ला सभापति र आमन्त्रित केन्द्रीय सदस्य महाधिवेशन प्रतिनिधिमा पराजित

नेपाली कांग्रेस बाग्लुङका सभापति दिपेन्द्र थापा र आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।
 |  बुधबार, मंसिर ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ८, २०७८

National life
Laxmi sunrise bank
kumari

बाग्लुङ- नेपाली कांग्रेस बाग्लुङका सभापति दिपेन्द्र थापा र आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। महाधिवेशन प्रतिनिधि छनौटको लागि भएको निर्वाचनमा दुवै जना पराजित भएका हुन्। दुवै जना पार्टी सभापति शेरबहादुर देउवा खेमाका नेता हुन्। 

बागलुङ क्षेत्र नम्बर १ बाट पौडेल र खुलाबाट थापा निर्वाचनमा होमिएका थिए। निर्वाचनबाट ओमकार थापा, चिरञ्जीवी गौतम, जगदिश्वरचन्द्र उपाध्याय, डिल्लीराम सुवेदी, नवराज पौडेल, प्रकाश पौडेल, प्रकाश आचार्य, मणिभद्र शर्मा कंडेल, हरिहर शर्मा, हरिप्रसाद श्रेष्ठ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। 

चार प्रदेश निर्वाचन क्षेत्रअन्तर्गत पौडेलनिकट नेतृत्व तीन क्षेत्रमा विजयी भएको छ। एक क्षेत्रमा सभापति देउवानिकट नेतृत्वले विजय भएको थियो। निर्वाचन क्षेत्र १ मा पनि पौडेल खेमाका चण्डीप्रसाद शर्मा पौडेल नेतृत्वको प्यानल विजय भएको थियो। क्षेत्र नम्बर २ को मतगणनाको अन्तिम नतिजा प्राप्त हुन बाँकी छ।

प्रकाशित: Nov 24, 2021| 21:26 बुधबार, मंसिर ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।