मंगलबार, असार ३०, २०८३

ब्राजिल र बेल्जियमको बहुप्रतिक्षित भिडन्त आज

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडाैं- रुसमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार हुने दोस्रो क्वाटर फाइनल खेलमा ब्राजिल र बेल्जियमबीच भिडन्त हुँदैछ । 

रुसको काजान एरिनामा रङ्गशालामा राती पौने १२ बजे हुने यी दुई देशबीचको खेल निकै रोचक हुने अनुमान गरिएको छ । उपाधि दाबेदार मानिएको ब्राजिलका लागि जारी प्रतियोगितामा नै कठिन प्रतिद्वन्द्वीका रूपमा बेल्जियमलाई लिएको छ । दुवै टिममा विश्व चर्चित स्टारहरू रहेका कारण खेल बहुप्रतीक्षित मानिएको हो ।

आजको खेललाई स्टारहरुको जमघटका रुपमा समेत हेरिएको छ । ब्रजिलसँग नेइमारसँगै गाव्रियल जेसस, फिलिप काउटिन्हो, पाउलिन्हो, विलियन, मार्सेलो, थियागो शिल्भा लगायका खेलाडीले भरिएको शशक्त टिम छ भने हाजार्डका अलावा रोमेलु लुकाकु, केभिन डि ब्रुयेन, भिन्सेन्ट कोम्पानी, ड्राइज मार्टिन, थोमस भर्मालिज खेलाडी रहेका छन् । यो बेल्जियनको गोल्डेन जेनेरेशन हो । 

सन् १९८६ मा चौथो भएको बेल्जियम त्यसपछि क्वार्टरफाइनलबाट माथि जान सकेको छैन् । त्यसअघि बेल्जियमले समूह चरण पार गर्न सकेको थिएन । ब्राजिलमा भएको अघिल्लो संस्करणमा बेल्जियम क्वार्टरफाइनलमा पराजित भएको थियो ।

यसपटक बेल्जियम प्रिक्वार्टरफाइनलमा जापानसँग बढी नै आत्मविश्वासी देखिएको थियो । बेल्जियमले २ गोल खाए पनि तीन गोल गर्न सफल भएको थियो । त्यसैले, खेलमा जुनसुकै समयमा पनि गोल गर्ने क्षमता राख्ने टिमका रूपमा समेत रहन सफल भयो ।

बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले शुक्रबार हुने ब्राजिलबिरुद्धको क्वार्टरफाइनल खेलमा ‘पावर गेम’को आवश्यकता पर्ने स्वीकार गरेका छन् । त्यसैले उनी मराउन फेलानीलाई सुरुआती टोलीमा राख्ने सम्भावना छ ।

‘एक प्रशिक्षकका रुपमा मसँग धेरै बिकल्पहरु छन्, र त्यसलाई कतिबेला प्रयोग गर्ने मलाई थाहा छ ।’ प्रशिक्षक मार्टिनेजले भने, ‘हामी बढी फिजिकल हुनुपर्नेछ । तथा, सोमबारकै मानसिकतामा खेल्यौं भने हामी जित्न सक्छौं । हाम्रा अगाडि ठूलो अवसर छ ।’

यता ब्राजिल छैटौं पटक विश्वकप जित्ने अभियानमा छ । सन् १९९० यता कम्तिमा विश्वकपको क्वार्टरफाइनलमा पुगेको ब्राजिल अघिकांश युवा खेलाडीको भरमा छ र उपाधिको प्रमुख दावेदारको रुपमा हेरिएको छ ।

ब्राजिलियन प्रशिक्षक टिटेले बेल्जिमसंगको खेललाई सहज रुपमा नलिएको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्– बेल्जियम हाम्राम लागि चुनौतिपूर्ण टिम हो तर हाम्रा खेलाडीले उनीहरुको चुनौती सहजै चिर्नेछन् । उनले आजको खेलमा ब्राजिल फरक रणनीतिका साथ मैदानमा आउने उनले बताएका छन् । आजको खेलमा ब्राजिल आक्रामकभन्दा संयमित रहनेछ ।

१६ वर्षपछि पहिलो भेट

२००२ को विश्वकपमा ब्राजिल र बेल्जियम प्रतिस्पर्धा गरेयता दुवै टिमले एक अर्का्विरुद्ध प्रतिस्पर्धा गरेका छैनन् । बेल्जियमको ब्राजिलसँगको इतिहास राम्रो छैन । १९६३ मा बेल्जियम ५-१ ले विजयी भएको थियो । त्यसपछि तीन प्रतिःपर्धामा सबै तीनमा ब्राजिल विजयी भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।