शनिबार, मंसिर १३, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • कांग्रेस गण्डकीको सभापतिमा चालिसेले घोषणा गरे उम्मेदवारी, अन्य चार जना पनि आकांक्षी

कांग्रेस गण्डकीको सभापतिमा चालिसेले घोषणा गरे उम्मेदवारी, अन्य चार जना पनि आकांक्षी

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश सभापति पदमा नेता देवराज चालिसेले उम्मेदवारी घोषणा गरेका छन्।
 |  बुधबार, मंसिर ८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ८, २०७८

पोखरा– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश सभापति पदमा नेता देवराज चालिसेले उम्मेदवारी घोषणा गरेका छन्। आज बुधबार आफू समर्थक कार्यकर्तामाझ उनले सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन्। 

National life

संस्थापन इतर समूहबाट उनले सभापति पदमा उम्मेदवार घोषणा गरेको बताए। ‘विगतका गल्तीबाट पाठ सिक्दै कांग्रेस पार्टीलाई समयानुकूल बनाउन मेरो उम्मेदवारी हो,’ उनले भने। प्रदेश, महाधिवेशन र क्षेत्रीय प्रतिनिधि चुनिइसकेपछि उनले उम्मेदवारी घोषणा गरेका हुन्। यद्यपि, क्षेत्रीय समितिहरुको परिणाम आज साँझसम्ममा आउने निर्वाचन समितिले जनाएको छ।

साथै जिल्ला अधिवेशन पनि यही १० गते हुने कांग्रेसको महाधिवेशन कार्यतालिका छ। जसका लागि भोलि मनोनयन दर्ता हुनेछ। प्रदेश अधिवेशन भने यही १६ र १७ गते हुने तालिका छ। चालिसेसहित पार्टीको प्रदेश सभापति पदमा कास्कीका पूर्व सभापतिद्वय शुक्रराज शर्मा र यज्ञबहादुर थापाले पनि आकांक्षा देखाएका छन्। यद्यपि उनीहरुले घोषणा भने गरिसकेका छैनन्। 

यस्तै प्रदेश सभापति पदमा गोरखाका सुरेन्द्र पाण्डे र पर्वतका अर्जुन जोशी पनि चर्चामा छन्। नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पहिलो कार्यतालिका सार्वजनिक हुनेबित्तिकै उनीहरुको प्रदेश सभापतिमा चर्चा शुरु भएको हो। त्यसपछि दुईपटक कांग्रेसको महाधिवेशन कार्यतालिका परिवर्तन भइसकेको छ। 

पहिलो पटक संघीय संरचनामा जान लागेको नेपाली कांग्रेस गण्डकीको संस्थापक सभापति हुन पुराना नेता शर्मा र पूर्वमन्त्री समेत रहेका थापाले आफू निकटहरुमार्फत लविङ शुरु गरेका छन्। तर उम्मेदवारी सार्वजनिक भने भइसकेको छैन। 

Laxmi sunrise bank
kumari

त्रिभुवन विश्वविद्यालय स्ववियुका पुर्व सभापति समेत रहिसकेका चालिसे नेपाली काँग्रेसमा बौद्धिक नेताको रुपमा परिचित छन्। प्रदेश सभापतिमा उम्मेदवारी घोषणासँगै उनले आफुसँग निर्वाचनमा लड्ने जो कोहीसँग पनि सौहार्दपुर्ण प्रतिष्पर्धा हुने बताए। 

‘कांग्रेस पार्टीको नेतृत्वलाई शासक नभई उत्प्रेरकको रुपमा विकास गर्न मेरो उम्मेदवारी हो,’ उनले भने। उनले आगामी स्थानीय तह, संघ र प्रदेशको निर्वाचनमा गण्डकी प्रदेशमा कांग्रेसलाई पहिलो बनाउने जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने क्षमता भएकोले पनि आफ्नो उम्मेदवारी अपरिहार्य भएको बताए। 

यता मंसिर १० गते हुने जिल्ला अधिवेशनमा कास्की जिल्लाको लागि सिरोजविजय कोइराला र भानु ढकालले जिल्ला सचिव, सुदीप गौतम र विश्वशंकर पालिखेले जिल्ला सदस्य पदमा उम्मेदवारी घोषणा गरिसकेका छन्। 

प्रकाशित: Nov 24, 2021| 15:05 बुधबार, मंसिर ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।