मंगलबार, असार ३०, २०८३

मलेसियामा २ सय नेपाली कामदार पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- मलेसिया सरकारले बिनादर्ता आफ्नो देशमा बसेको भन्दै २ सय नेपालीलाई पक्राउ गरेको छ । स्वदेश फिर्ता हुन वा वैधानिक हैसियत कायम गर्न दिइएको म्याद सकिएपछि अवैधानिक रुपमा मलेसियामा बसेका नेपाली २ सय नेपाली पक्राउ परेका हुन् । 

नेपालीसंगै अहिलेसम्म मलेसिया सरकारले ६ हजार ६ सय ७८ जना विदेशी पक्राउ गरिसकेको छ । पक्राउ परेकाहरुलाई विभिन्न १३ वटा बन्दीगृहमा राखिएको छ । ओपी मेगा ३ नाममा मलेसिया प्रहरीले अप्रेसन चलाएको छ ।

करिब १ हप्तादेखि सञ्चालित अभियानले थुप्रै विदेशी कामदारमा त्रास समेत बढाएको छ । मलेसिया सरकारले यो अभियान अझै कडाइका साथ अगाडी बढाउने तयारी गरेको छ । बैधानिक हुने वा स्वदेश फर्किने म्याद असार १६ गते सकिएको थियो । 

मलेसियामा कम्तिमा १ हजारभन्दा बढि नेपाली बिना दर्ता बसिरहेका अनुमान गरिएको छ । पक्राउ परेका बाहेक १ लाख १७ हजार ४ सय ४८ जनाले स्वदेश फर्किन आवेदन दिएको अध्यागमन विभागले जनाएको छ । 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।