मंगलबार, असार ३०, २०८३

अखबार : नियुक्ति खारेज गर्ने निर्णयको असर कहाँसम्म ?  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट प्रकाशित शुक्रबारका राष्ट्रिय दैनिक पत्रिकाहरुले सरकारले भदौ १४ पछि भएका राजनीतिक नियुक्ति बदर गर्ने भनि गरेको निर्णय र त्यसले उत्पन्न गरेको तरङ्गलाई मुख्य समाचार बनाएका छन् । 

बुधबारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रिय सभाको निर्वाचनका लागि निर्वाचन आयोगले आचार संहिता लागु गरेपछि गरिएका सबै राजनीनिक निुक्ति खारेज गर्ने निर्णय गरेको थियो ।

यसैविषयलाई मुख्य समाचार बनाउँदै आजको नागरिक दैनिकले देउवा सरकारका नियुक्ति खारेज शीर्षकमा मुख्य समाचार छापेको छ भने अन्नपूर्ण पोस्टले नियुक्ति बदर विवादमा शीर्षकमा खबर लेखेको छ । 

नयाँ पत्रिका दैनिकले भने हतारमा राजनीतिक नियुक्ति खारेज गर्ने निर्याय गरेपनि नियुक्ति पाएकाहरुको विवरण संकलनको काम भने बल्ल सुरु भएको उल्लेख गरेको छ । सरकार आफै कुन–कुन नियुक्ति खारेज गर्ने भन्ने विषयमा स्पस्ट नभएको पनि नयाँ पत्रिकाले लेखेको छ । 

कान्तिपुर दैनिकले भने सरकारले राजनीतिक नियुक्ति खारेज गर्ने निर्णयसंगै प्रदेश प्रमुखलाई पनि हटाउने तयारी भएको विषयलाई मुख्य समाचार बनाएको छ । आचार संहिता लागु भएपछि गरिएका सबै निर्णय खारेज गर्ने मन्त्रिपरिषद्को निर्णयसंगै देउवा नेतृत्वको सरकारले गरेका प्रदेश प्रमुखसमेत पदमुक्ति प्रक्रियामा गएको समाचारमा उल्लेख छ ।  कान्तिपुरका अनुसार अब मन्त्रिपरिषद्ले उनीहरुलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ । 

यसैगरि आजका पत्रपत्रिकाले सरकारले घटुवा गरिदिने चेतावनी दिएपछि सशस्त्रका पाँच एआइजीले राजीनामा गरेको विषयलाई पनि प्राथमिकताका साथ छापेका छन् । सरकारको निर्णयका विषयमा टिप्पणी गर्दै प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले सरकारकारले द्वन्द्वको आमन्त्रण गरेको बताएको छ । सरकारको कदम स्थापित कानुनी मान्यता विपरित भएको कांग्रेसको ठहर छ । आज पत्रपत्रिकाले लेखेका छन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।