मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा बैठकमा सरकारको आलोचना, सजग भएर बोल्न ओलीको निर्देशन

नेकपा बैठकमा सरकारको आलोचना, सजग भएर बोल्न ओलीको निर्देशन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठकमा बहुमत नेताहरुले सरकारको कार्यशैलीप्रति आलोचना गरेका छन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको स्थायी कमिटी बैठकमा बोल्दै अधिकांश नेताहरुले सरकारमा मन्त्रीहरुबीच नै तालमेल नभएको र कार्यशैली प्रभावकारी नभएको भन्दै आलोचना गरेका हुन्।

बैठकलार्इ सम्बोधन गर्दै शुरुमा निस्किएका नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपीशर्मा ओलीले सरकारलार्इ स-साना विषयमा पनि चौतर्फी आक्रमण भइरहेकोले प्रतिवाद गर्न निर्देशन दिएका छन्। उनले सार्वजनिक स्थानहरुमा बोल्दा सजग भएर बोल्नसमेत आग्रह गरेको बैठकमा सहभागी एक नेताले बताए।

बैठकलार्इ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बैठकमा बोल्दै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले सरकारले चीन र भारत दुवै छिमेकी मुलुकसँग घनिष्ट सम्बन्ध कायम गर्न सफल भएको बताएका थिए ।

नियमावलीलाई टुंग्याउने जिम्मा केन्द्रीय सचिवालयलाई

स्थायी समिति बैठकले पार्टीको नियमावलीलाई टुंगो लगाउने जिम्मेवारी केन्द्रीय सचिवालयलाई नै दिने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। पार्टी सचिवालयको तर्फबाट महासचिव विष्णु पौडेलले पेश गरेको मस्यौदा नियमावलीलाई परिमार्जन गर्न पनि स्थायी समितिका सदस्यहरुले सुझाव दिएका थिए।

बैठकले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न पुनः स्थायी समिति बैठक बोलाउने निर्णय पनि गरेको छ। बैठकमा नेताहरुले पार्टी जनवर्गीय संगठनहरुको एकीकरण अभियानलाई सम्पन्न गर्न ढिलाई गर्न नहुनेमा पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।