बुधबार, जेठ २०, २०८३

कांग्रेस सल्यानको सभापतिमा देउवा समूहका विष्ट विजयी

नेपाली कांग्रेस सल्यानको सभापतिमा केशबहादुर विष्ट निर्वाचित भएका छन्। प्रतिद्वन्द्वी ध्रुवराज पुरीलाई ५ मतले पछि पार्दै विष्ट सभापतिमा निर्वाचित भएका हुन्।
 |  मंगलबार, मंसिर ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ७, २०७८

सुर्खेत– नेपाली कांग्रेस सल्यानको सभापतिमा केशबहादुर विष्ट निर्वाचित भएका छन्। प्रतिद्वन्द्वी ध्रुवराज पुरीलाई ५ मतले पछि पार्दै विष्ट सभापतिमा निर्वाचित भएका हुन्। 

National life

विष्ट ६१२ मत ल्याएर विजयी हुँदा पुरीले ६०७ मत ल्याए। नवनिर्वाचित सभापति विष्ट संस्थापन (शेरबहादुर देउवा) समूहबाट निर्वाचित भएका हुन्। उनी जिल्ला समन्वय समिति सल्यानका प्रमुख समेत हुन्।

त्यहाँ जिल्ला कार्यसमितिका लागि संस्थापन र संस्थापन इतर (रामचन्द्र पौडेल) समूहले प्यानल नै बनाएर निर्वाचन लडेका थिए। सभापतिसहित अन्य पदमा पनि निकै कडा प्रतिस्पर्धा भयो। 

त्यस्तै उपसभापतिमा सन्तोष केसी र चक्र देवकोटा निर्वाचित भएका छन्। केसी संस्थापन र देवकोटा संस्थापन इतर समूहबाट निर्वाचित भएका हुन्।

सचिवमा एकराज बुढाथोकी र प्रकाश भण्डारी निर्वाचित भएका छन्। भण्डारी संस्थापन र बुढाथोकी संस्थापन इतर समूहका हुन्। सह–सचिवमा संस्थापन इतर समूहका जनकराज गौतम र पदमबहादुर बुढाथोकी निर्वाचित भएका छन्। बाँकी सदस्यहरुको मतगणना चलिरहेको छ। सल्यानमा जिल्ला नेतृत्वका लागि सोमबार निर्वाचन भएको थियो।

Shivam cement

प्रकाशित: Nov 23, 2021| 13:10 मंगलबार, मंसिर ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।