शनिबार, जेठ ५, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • थापालाई बाइपास गर्दै देउवाले रातारात भित्र्याए पौडेल पक्षका राई, बलियो बने विनोद

थापालाई बाइपास गर्दै देउवाले रातारात भित्र्याए पौडेल पक्षका राई, बलियो बने विनोद

नन्दमणि राई सोमबार बिहान एकाएक सभापति शेरबहादुर देउवाका उम्मेदवार बन्न पुगे। देउवा पक्षका उम्मेदवार भनिएका थापा समूहविहीन बने। पहिले नै देउवा पक्षका भनेर चिनिएका उनी न देउवाका हुन सके, न त पौडेल पक्षकै।
 |  सोमबार, मंसिर ६, २०७८

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

सोमबार, मंसिर ६, २०७८

काठमाडौं- नेपाली कांग्रेस भोजपुरको समीकरणलाई लिएर कार्यकर्ताहरू सोमबार बिहान चकित परे। मंसिरको चिसो बिहान भोजपुरमा कांग्रेसीको चुनावी माहोल एकाएक गर्मायो। कारण थियो- मध्यरातमा फेरिएको समीकरण। 

triton college

आइतबार गोधुली साँझसँगै अधिवेशनमा भाग लिन जिल्लाभरबाट आएका प्रतिनिधि सदरमुकामका होटलमा पुगिसकेका थिए। तर, नेताहरू सुस्ताउने छाँट थिएन। जब रात छिप्पिँदै गयो, नेताहरू समीकरण फेरबदलीको बहस झन् झन् चुलिँदै गयो। 

मनोनयन र दावीविरोधको समयसीमा सकिउन्जेलसम्म स्थिति सबै ठिकठाक थियो। संस्थापन समूहको एउटा टिम थियो, संस्थापन इतर समुहका दुई टिम थिए। संस्थापन समुहका उम्मेदवार थिए पूर्वसभापति बालकृष्ण थापा। इतर समूहबाट निवर्तमान सभापति नन्दमणी राई र नेविसंघका पूर्व केन्द्रीय कोषाध्यक्ष विनोद वान्तवा चुनावी मैदानमा थिए।  

कांग्रेसको गुटगत राजनीतिमा अभ्यस्त भइसकेका मतदाता प्रष्ट थिए। सोमबार कसलाई मतदान गर्ने मनशाय बनाइसकेका थिए। र धरैको अुनमान थियो, संस्थापन समूहका तर्फबाट मनोनयन गराएका थापाले पहिलो चरणमा ५१ प्रतिशत कटाएर निर्वाचित हुनेछन्। 

नन्दमणि राई सोमबार बिहान एकाएक सभापति शेरबहादुर देउवाका उम्मेदवार बन्न पुगे। देउवा पक्षका उम्मेदवार भनिएका थापा समूहविहीन बने। पहिले नै देउवा पक्षका भनेर चिनिएका उनी न देउवाका हुन सके, न त पौडेल पक्षकै। 

आइतबारको रात छिप्पिँदै जाँदा नेताहरुले गुट अदलबदली तीव्र हुँदै गयो। भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेको कार्यकक्षमा भएको एक बैठकले कांग्रेस भोजपुरको राजनीतिमा उथलपुथल ल्याइदिएको एक नेता बताउँछन्। ‘साँझसम्म ठिकठाक थियो। तर, मध्यरातमा मेयरज्यूको कार्यकक्षमा जे भयो त्यसले उथलपुथल ल्याइदियो। आइतबार साँझ र सोमबार बिहानमा आकाश जमिनको फेरबदल आयो,’ ती नेता भन्छन्। 

corrent noodles
Metro Mart

वरिष्ठ नेता रामचन्द्र पौडल पक्षका भनिएका निवर्तमान सभापति नन्दमणि राई सोमबार बिहान एकाएक सभापति शेरबहादुर देउवाका उम्मेदवार बन्न पुगे। देउवा पक्षका उम्मेदवार भनिएका थापा समूहविहीन बने। पहिले नै देउवा पक्षका भनेर चिनिएका उनी न देउवाका हुन सके, न त पौडेल पक्षकै। 

मेयर आलेको कार्यकक्षमा आले, राई, षडानन्द नगरपालिकाका मेयर वीरबल राई, साल्पा सिलिछो गाँउपालिकाका अध्यक्ष महेश राई र महाधिवशेन प्रतिनिनिधिका उम्मेदवारद्वय गोपाल मोक्तान, टंक पाण्डेलगायतका नेताहरुको बैठकले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की हुँदै सभापति देउवासम्म फोन सम्पर्क गर्‍यो। र, राईलाई समर्थन गरिदिन याचना गर्‍यो। 

‘प्रधानमन्त्रीजी समक्ष राईलाई समर्थन दिलाउन ठूलै कसरत गरियो। महाधिवेशनमा सहयोग गर्ने र निर्वाचनमा जित्ने गरी तयारी गर्ने गरी कसमै खानुपर्ने स्थिति आइपर्‍यो,’ बैठकमा सहभागी एक नेता भन्छन्, ‘रातभरको कसरतपछि अन्ततः रातको २ बजे समर्थन जुटाउन सफल भइयो।’

राई र थापा समूहबीचको समीकरण फेरबदलको फाइदा भने वान्तवाले उठाए। रातारात फेरिएको समीकरणसँग असन्तुष्ट बनेका मतदाता वान्तवाका पक्षमा उभिए। 

भोजपुर नगरपालिकाको कार्यालयमा राईका पक्षमा देउवाको समर्थन जुटाएको खबर सोमबार बिहान कार्यकर्ता माझ फैलियो। जसले कार्यकर्तादेखि उम्मेदवारसम्मलाई तितरबितर बनाइदियो। यसले उनीहरूमा आक्रोशको भाव पैदा गरेको पनि छ। भोजपुर कांग्रेसका एक कार्यकर्ताले आफूहरूलाई नेताहरूले 'पपेट' बनाएको आरोप लगाए। 'नेताहरूले हामीलाई पपेट बनाउने खोजे। एकाएक समीकरण परिवर्तन भयो। नेताहरू आफ्नो स्वार्थ मिलेपछि जता पनि ठिक्क हुन्छन् भन्ने यो घटनाले पुनः पुष्टि गरेको छ,' अधिवेशनकै लागि सदरमुकामसम्म आएका ती कार्यकर्ताले भने, 'हामी चाहिँ नेताले जसो भन्यो उसै मान्ने मात्र हौँ र? हाम्रो भावनाको कदर नगरी बनाइएका समीकरणलाई अब मतदानमार्फत् नै जवाफ दिने हो।' 

थापाको समूहमा भएका महाधिवेशन प्रतिनिधिका उम्मेदवार राईको टिममा समावेश भए। राईको टिममा भएका उम्मेदवार थापाको टिममा पुगे। राई र थापा समूहबीचको समीकरण फेरबदलको फाइदा भने वान्तवाले उठाए। रातारात फेरिएको समीकरणसँग असन्तुष्ट बनेका मतदाता वान्तवाका पक्षमा उभिए। 

देउवा पक्षका भनेर चिनिएका र थापालाई समर्थन गरेका नेताहरूले राईका पक्षमा खुल्नुका कारण नेता धर्मराज राई नै भएको जिकिर गर्ने गरेका छन्। धर्मराज राईले आफ्ना दुई छोरी पूजा राई र सरस्वती राईलाई प्रदेश प्रतिनिधि जिताएको अरोप उनीहरुको छ। तर, थापाले पहिलो चरणमा निर्वाचन जित्ने देखिएको र महाधिवेशन प्रतिनिधिसमेत जित्ने सम्भावना क्षीण बन्दै गएकाले संस्थापन इतर समूहका नेताहरुको जोडबलमा समीकरण फेरिएको विश्लेषण भोजपुर कांग्रेसको राजनीतिमा भइरहेको छ। 

पहिलो चरणको निर्वाचनमा तेस्रो हुने आकलन गरिएका वान्तवा ४१५ मत ल्याएर पहिलो बनेका छन्। संस्थापन इतर समूह छोडेर संस्थापन समूहका उम्मेदवार बनेका नन्दमणि राई ३९४ मतसहित दोस्रो बनेका छन्। संस्थापन समूहबाट धोका पाएका थापा ३६० मतसहित तेस्रो बनेका छन्। मंगलबार हुने दोस्रो चरणको मतदानमा वान्तवा र राईबीच प्रतिस्पर्धा हुनेछ। 

दोस्रो चरणको निर्वाचनमा वान्तवालाई थापाले समर्थन गर्ने भएका छन्। फेरिएको समीकरणले बिच्किएका कार्यकर्ता, युवाको झुकाव र थापाको समर्थनले भोजपुर कांग्रेसको नेतृत्व वान्तवाको हातमा जाने सम्भावना प्रबल बनेको एक नेता बताउँछन्। ‘अहिले जुन परिदृष्य देखिएको छ। त्यसले वान्तवाजीलाई बलियो बनाएको छ र भोजपुर कांग्रेसमा पुस्तान्तरणको सम्भावनालाई बलियो बनाएको छ,’ ती नेताले भने।

सभापतिका उम्मेदवार राईका पक्षमा देउवा, सञ्चारमन्त्री कार्कीदेखि प्रतिनिधिसभा सदस्यका उम्मेदवार उमेशजंग रायामाझी, तरण दल उपाध्यक्ष उत्तम चापागाईँ, भोजपुर नगरपालिकाका मेयर आले, षडानन्द नगरपालिकाका मेयर राई, साल्पासिलोछो गाँउपालिकाका अध्यक्ष राई र अरुण गाउँपालिकाका अध्यक्ष गजेन्द्र कार्कीलगायतका प्रभावशाली नेताहरू लागेका थिए। राईलाई प्रभावशाली नेताहरुको समर्थन हुँदाहुँदै कसरी विनोदलाई पहिलो मत प्राप्त भयो त? विनोदको जवाफ छ, ‘विनोद वान्तवा जमिनमा थियो। साथीहरूको साथमा थियो। अभिभावाकविहीन भएर चुनाव लड्दा पनि साथीहरुले साथ दिनुभयो। पहिलो मत प्राप्त हुनुको पछाडि कांग्रेसका निष्ठावान साथीहरुको साथ प्राप्त भएको छ।’

प्रकाशित: Nov 22, 2021| 22:20 सोमबार, मंसिर ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...