शनिबार, जेठ २, २०८३

जनतालाई प्रविधिसँग जोड्ने दायित्व राज्यको हो - मन्त्री पौडेल

नास्टको सहकुलपति मन्त्री पौडेलले जनतालाई प्रविधिसँग जोड्ने दायित्व राज्यको भएकाले दुरदराजमा पनि प्रविधिको पहुँच पुर्याउनुपर्ने बताएका हुन्।
 |  सोमबार, मंसिर ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ६, २०७८

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जनतालाई प्रविधिसँग जोड्ने दायित्व राज्यको भएको बताएका छन्। नास्टको सहकुलपति मन्त्री पौडेलले जनतालाई प्रविधिसँग जोड्ने दायित्व राज्यको भएकाले दुरदराजमा पनि प्रविधिको पहुँच पुर्याउनुपर्ने बताएका हुन्। 

National life

सोमबार निरीक्षणका लागि नास्टको कार्यालयमा पुगेका मन्त्री पौडेलले आजको युग सुहाउँदो विकाशमा अघि बढ्न शिक्षा, सिकाइ र शिक्षण प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए। 

नेपालमा युवा वैज्ञानिकको उत्साह देखिएको बताउँदै उनीहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन नास्टलाई निर्देशन दिएका हुन्।  मन्त्री पौडेलले भने, ‘आजको युग विज्ञान तथा प्रविधिको युगको हो,’ ‘यसलाई देशका कुनाकन्दरामा रहेका जनताको पहुँचमा लैजानुपर्छ।’

नजिकैका दुई मित्र राष्ट्र चीन र भारतले प्रविधिमा फड्को मारेको उदाहरण दिँदै मन्त्री पौडेलले  नेपालले पनि उनीहरुको सिको गर्नुपर्ने बताए।  मन्त्री पौडेलले अन्तर्राष्ट्रिय राष्ट्रसँग समन्वय गरी नास्टले जनपक्षीय काम गर्नेपर्नेमा जोड दिए। 

'अहिले प्राविधिक विकासमा बजेटको अभाव, कर्मचारी व्यवस्थापन, कर्मचारीको वृद्धि विकासका समस्यामा रहेको बताउँदै समस्या हल गर्न आवश्यक छ,'उनले भने। 

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधकुमारी यादवले विज्ञान र प्रविधि विना देश समृद्धि नहुने बताइन्। नास्ट काठमाडौंमा मात्र केन्द्रित नभइ ग्रामिण क्षेत्रमा पनि लैैजानुपर्नेमा उनको जोड थियो। 

नास्टका उपकुलपति डा.सुनिलबाबु श्रेष्ठले ७ वटै प्रदेशमा नास्टको कार्यालय स्थापनाको तयारी गरिएकोे जानकारी दिए। उनले विज्ञान सिटीको अवधारणा अनुसार बजेटको व्यवस्था भए त्यसलाई कार्यान्वयमा लैजाने बताए। 

‘नागरिकसँग नास्ट’ कार्यक्रम स्थानीय तहमा चलिरहेको बताउँदै उनले परम्परागत रैथाने प्रविधिदेखि नवप्रवद्र्धन प्रविधिको क्षेत्रमा नास्टले काम गरिररहेको बताए।

प्रकाशित: Nov 22, 2021| 21:47 सोमबार, मंसिर ६, २०७८
प्रतिक्रिया दिनुहोस्