मंगलबार, असार ३०, २०८३

सगरमाथा आरोही कामीरितालार्इ वृजको बधार्इ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सबैभन्दा बढी २२ औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने कामीरिता शेर्पालाई बृज सिमेन्टले बधार्इ दिएको छ। 

शेर्पाले विभिन्न कठिनाइका बाबजुद पनि धेरै पटक सगरमाथा चढेर किर्तिमानी कायम गर्दै मुलुकको नाम उच्च राखेको भन्दै वृज सिमेन्ट र पुष्पतारा केडिया सेवा संस्थाले सामाजिक उत्तरदायित्व बहन गरेको उल्लेख गर्दै ब्राण्ड एम्बेस्डर कामरितालार्इ बधार्इ दिएको हो।

बिहीबार राजधानीमा सम्पन्न बधाई कार्यक्रममा उनले कम्पनीले अफुलाई सम्मान गरेकोमा खुसी व्यक्त गरे। ‘आगामी कार्यक्रमहरुमा समेत सहयोग गर्ने भएकोले म झनै खुसी छु,’उनले भने। 

उनले विगतमा आफुले ट्रेकिङ गाईडको रुपमा काम गरेको र सोही क्रममा सगरमाथा आरोहण गर्न शुरु गरेको जानकारी गराए। त्यस्तै कार्यक्रममा पुष्पतारा केडिया सेवा संस्थाका अध्यक्ष एवं वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिका प्रबन्ध निर्देशक मनोजकुमार केडियाले शेर्पालाई हार्दिक बधाई ज्ञापन गर्न पाउदा खुसी भएको व्यक्त गरे । उनले सगरमाथा आरोहण गरी नेपालको नाम उच्च राखेको बताए। 

‘कामीरिता शेर्पा देशको एक गहना हो,’ उनले भने ‘उदीयमान उर्जा भएकोले यस्ता व्यक्तित्वसँग सहकार्य गर्न पाउँदा कम्पनीलाई गर्व महशुस भएको छ ।’ यसको अलावा नेपालको विकास र सम्बृद्धिको अन्य यस्तै काममा सधै सहयोग गर्न अर्गनाइजेशन तत्पर रहेको उनको भनाइ छ।

कम्पनीले शेर्पाका आगामी कार्यक्रममा पनि सहयोग गर्ने

कार्यक्रमको अवसरमा कम्पनीका प्रबन्ध निर्देशक केडियाले शेर्पाले गर्न लागेका आगामी वर्ष सन् २०१९ को ‘सगरमाथा कथा यात्रा २०१९’ मा पनि सहकार्य गर्ने बताए। उक्त यात्रामार्फत सगरमाथा वरिपरिका बस्तीहरुमा यात्रा गरी सो हिमाली भेगका कथाहरु संकलन गरिने जनाएको छ।

त्यस्तै २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भुकम्प पश्चात पुनर्निर्माणका कथाहरु समेटिनेगरी कथा संकलनको लागि आरोही शेर्पाले आधुनिक प्रविधिको प्रयोग गरी नक्सामा कथा राख्ने ‘स्ट्रिट भ्यु अभियान शुरु गर्न लागेका छन्। त्यसको लागि स्टोरी साइकलसँग सहकार्य गरिएको आरोहि शेर्पाले कार्यक्रममा जानकारी दिए।
  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।