काठमाडौं- पछिल्लो २४ घण्टायता नेपालमा थप ३८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ।
उक्त अवधिमा १२ हजार ६९७ जनाको नमुना परीक्षण गर्दा ३८५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो।
गत २४ घण्टामा थप ४ संक्रमितको मृत्यु भएको छ भने २५८ जना संक्रमणमुक्त भएका छन्।