मंगलबार, असार ३०, २०८३

नियुक्ति खारेजी अधिनायकवादको अर्को प्रमाण : निधि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम– कांग्रेस उपसभापति विमलेन्द्र निधिले अघिल्लो सरकारले गरेका निर्णयहरू बदर गरेर नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकारले अलोकतान्त्रिक र अधिनायकवादी व्यवहार देखाएको आरोप लगाएका छन् ।

कांग्रेस धनुषा–३ ले बिहीबार जनकपुरमा आयोजना गरेको क्षेत्रीय सम्मेलनमा बोल्दै निधिले शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णय बदर गर्नु बदला र प्रतिशोध मात्र रहेको टिप्पणी गरे ।

‘सरकारले लोकतान्त्रिक मर्यादाविपरित निर्णय गरेको छ,’ निधिले भने, ‘यो अधिनायकवादको अर्को प्रमाणको रूपमा जनतासामु आएको छ ।’

सरकारले एकपछि अर्को सर्वसत्तावादी काम गरिरहेको उल्लेख गर्दै पूर्वउपप्रधानमन्त्री निधिले सरकारले व्यवहार सुधार नगरे सडक र संसद्बाट संघर्ष गर्न बाध्य हुने बताए । 

निधिले भने, ‘अधिनायकवाद धेरै चल्न सक्दैन, जनता प्रतिवादमा आउने छन् ।’ वर्तमान सरकारको अधिनायकवादविरुद्ध संघर्षका लागि तयार रहन उनले कार्यकर्ताहरूलाई आव्हानसमेत गरे ।

विरोध गर्ने स्थानहरूलाई निषेधित क्षेत्र तोक्नु, अनशनको माध्यमबाट विरोध गर्न नदिनु र गंगामाया अधिकारीको मागबारे कुनै वास्ता नगर्नु सरकारको अलोकतान्त्रिक र अमानवीय व्यवहार रहेको निधिले बताए । 

संविधानमा सभामुख र उपसभामुख फरक पार्टीको हुनुपर्ने व्यवस्था रहे पनि सरकारले त्यसो गर्न नचाहेको उल्लेख गरे ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।