मंगलबार, फागुन २६, २०८२

लिबियाको तटमा ७५ भन्दा बढी अवैध आप्रवासीको डुबेर मृत्यु

आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम)ले शनिबार पश्चिमी लिबियाको तटमा ७५ भन्दा बढी अवैध आप्रवासीको युरोप पुग्ने प्रयासमा समुद्रमा डुबेर मृत्यु भएको बताएको छ।
 |  सोमबार, मंसिर ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ६, २०७८

त्रिपोली- आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम)ले शनिबार पश्चिमी लिबियाको तटमा ७५ भन्दा बढी अवैध आप्रवासीको युरोप पुग्ने प्रयासमा समुद्रमा डुबेर मृत्यु भएको बताएको छ।

National life

आईओएमले ट्वीट गर्दै भनेको छ, ‘लिबियाबाट प्रस्थान गरेपछि बुधबार ७५ भन्दा बढी आप्रवासी समुद्रमा डुबेका छन् भने  जीवित १५ जनालाई माछा मार्ने व्यक्तिहरूले समुद्रमा उद्दार गरेका छन्।’

यो पछिल्लो त्रासदीले यस वर्ष मध्य भूमध्यसागरमा ज्यान गुमाउनेको संख्या १,३०० भन्दा बढी पुगेको आईओएमले जनाएको छ।

लिबियाले २०११ मा दिवंगत नेता मुअम्मर गद्दाफीको पतनपछि असुरक्षा र अराजकताको सामना गरिरहेको छ।  जसले उत्तर अफ्रिकी देशलाई भूमध्यसागर पार गरी युरोपेली किनारहरूमा जान चाहने गैरकानुनी आप्रवासीहरूका लागि प्रस्थानको एक रोजाइको बिन्दु पनि बनाएको छ।  -सिन्ह्वा

प्रकाशित: Nov 22, 2021| 07:37 सोमबार, मंसिर ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।