मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंबाट गएका चिकित्सकलार्इ डा केसीले भने, 'फिर्ता जाऊ'

काठमाडौंबाट गएका चिकित्सकलार्इ डा केसीले भने, 'फिर्ता जाऊ'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाण्डौं- उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको निर्देशनमा काठमाडौंबाट आज दिउँसो जुम्ला पुगेको चिकित्सकको टोलीले अनशनरत डा. गोबिन्द केसीको स्वास्थ्य परीक्षण गरेको छ। स्वास्थ्य परीक्षण गरेका डा. जीवन थापा र सुभाष रेग्मीले डा. केसीको स्वास्थ्य अत्तालिनुपर्ने अवस्थामा नरहेको प्रतिक्रिया दिएका छन् ।
 
स्वास्थ्य परीक्षण गर्न पुगेको चिकित्सकको टोलीलाई डा. केसीले फिर्ता जान आग्रह गरेका थिए। डा. केसीले भने, ‘तपाइँहरु मेरो चिन्ता गरेर यहाँसम्म आउनुभयो त्यसका लागि धन्यवाद । तपाँइहरु फिर्ता जानुस्। मेरो हेरचाह र उपचार यहीँका मानिसले गर्छन्।’

डा. केसीले फिर्ता जान आग्रह गरेको स्वास्थ्य मन्त्रालयमा जानकारी गराउँदा उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले त्यहीँ बसेर डा. केसीको स्वास्थ्यबारे निरन्तर निगरानी गर्न निर्देशन भएको स्वास्थ्यमन्त्रीका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिए। 

स्वास्थ्य मन्त्री यादवलाई उद्धृत गर्दै चौरसियाले भने, ‘डा. केसीले फिर्ता हुन भनेपनि तपाइँहरु त्यही बसेर वहाँको स्वास्थ्य परीक्षणमा खटिनुस् । वहाँको स्वास्थ्य विग्रिन नदिने हाम्रो जिम्मेवारी र दायित्व हो।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।