शनिबार, साउन १६, २०८३

देशभर आजदेखि १२ वर्षमाथिका सबैलाई फाइजर खोप

१२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आजदेखि कोरोना भाइरसविरुद्धको फाइजर खोप दिइने भएको छ।
 |  सोमबार, मंसिर ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ६, २०७८

काठमाडौं– १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आजदेखि कोरोना भाइरसविरुद्धको फाइजर खोप दिइने भएको छ। १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई मात्र दिइएको फाइज खोज अब १२ देखि १७ वर्षसम्मका बालबालिकालाई पनि दिइने भएको हो।

स्वास्थ्य सेवा विभाग खोप शाखाका अनुसार १२ वर्षभन्दा माथिका दीर्घ रोगीहरूलाई पनि यो खोप दिने क्रम जारी रहने छ।

खोप काठमाडौं उपत्यकाका आठ वटा खोप केन्द्रसहित देशभरीका २४  केन्द्रबाट दिइने छ। थोरै मात्रा खोप रहेकाले पहिला आउनेलाई प्राथमिकता दिइने स्वास्थ्य विभागले जनाएको छ।

कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गरेको एक लाख ६ सय २० डोज खोप गत कात्तिक २८ देखि लगाउन थालिएको हो।

प्रकाशित: Nov 22, 2021| 07:07 सोमबार, मंसिर ६, २०७८
प्रतिक्रिया दिनुहोस्