बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नर्सिङ भर्ना तत्काल खोल्न शिक्षामन्त्रीको निर्देशन

नर्सिङ भर्ना तत्काल खोल्न शिक्षामन्त्रीको निर्देशन

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्रमाणपत्र तह (पिसिएल) नर्सिङको भर्ना तत्काल खोल्न निर्देशन दिएका छन्।
 |  सोमबार, मंसिर ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ६, २०७८

काठमाडौं- शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्रमाणपत्र तह (पिसिएल) नर्सिङको भर्ना तत्काल खोल्न निर्देशन दिएका छन्।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी, सिटीइभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारी, मन्त्रालयका सचिव रामप्रसाद थपलिया, सिटीईभिटीका सदस्य सचिव जीवनारायण काफ्लेलगायतलाई आइतबार मन्त्रालयमा बोलाएर तत्काल २४ वटा कलेजमा भए पनि नर्सिङको भर्ना खोल्न निर्देशन दिएका हुन्।

शिक्षा मन्त्री पौडेलले १०० शय्याको आफ्नै अस्पताल नभएका शिक्षण संस्थाले नर्सिङको पठनपाठन गराउन नपाउने निर्णय कात्तिक १७ गरेका थिए।

भर्ना प्रक्रिया सुरु गर्न निर्णय गरे पनि सिटीइभीटीले सूचना प्रकाशन नगरेपछि मन्त्रीले मन्त्रालयमै बोलाएर तत्काल सूचना प्रकाशन गरी भर्ना खोल्न निर्देशन छन्। चिकित्सा शिक्षा ऐनमा व्यवस्था भएअनुसार ऐन र कानुन बमोजिम तत्काल भर्ना खोल्न निर्देशन दिएको शिक्षा मन्त्री देवेन्द्र पौडेलले जानकारी दिए। 

‘चिकित्सा शिक्षा र सिटीभिटीका उपाध्यक्षलाई राखेर ऐन कानुन र नियमानुसार तत्काल नर्सिङको भर्नाको सूचना निकाल्न निर्देशन दिएको छु,’  

मन्त्रीको निर्देशनपछि नर्सिङ भर्नाको सूचना निस्कने भएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गतका १०९ मध्ये २४ शिक्षण संस्थाले मात्रै पठनपाठन गराउन मापदण्ड पूरा गरेका छन्। ती २४ वटा कलेजमध्ये १७ वटा निजी कलेज हुन् भने ७ वटा आङ्गिक कलेज छन्। 

एसईई लगत्तै भर्ना खोल्नुपर्ने डिप्लोमा कार्यक्रमको नर्सिङबाहेकका अन्य कार्यक्रमको भर्ना भए पनि नर्सिङ कार्यक्रम लामो समयदेखि अन्योलमा रहँदै आएको थियो। 

परिषद्का सदस्य सचिव जीवनारायण काफ्लेका अनुसार मंगलबारसम्म सूचना प्रकाशन हुने भएको छ। ‘मन्त्रीज्यूसहितको बैठक भएको छ,’ उनले भने,  ‘२४ वटा शिक्षण संस्थामा करिब ९ सय जनाको लागि भर्ना सूचना प्रकाशन हुन्छ।’

प्रकाशित: Nov 22, 2021| 06:30 सोमबार, मंसिर ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।