बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।
 |  आइतबार, मंसिर ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ५, २०७८

बैतडी- बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दशरथचन्द नगरपालिका–२ देहीमाडौँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका–६ सिमायलतर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जीप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्डअन्तर्गत दशरथचन्द नगरपालिका–४ कलुवाड मोडमा दुर्घटनामा परेको हो। 

जीपमा सवार रहेका ७ जनामध्ये ५ जनाको घटनास्थलमा नै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन्।

मृत्यु हुने सबै दशरथचन्द नगरपालिका–६ का स्थानीय हुन्। दशरथचन्द नगरपालिका–६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्कीको मृत्यु भएको खड्काले बताए। 

दुर्घटनामा परेर दशरथचन्द नगरपालिका–६ का ४८ वर्षीय हर्कबहादुर चन्द र जीप चालक डडेल्धुराका ४० वर्षीय दीपक माली गम्भीर घाइते भएका छन्। उनीहरुलाई थप उपचारका लागि डडेल्धुरा लगिएको छ।

राति साढे आठ बजेतिर जीप सडकबाट सात सय मिटर तल खसेको थियो। दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रकाशित: Nov 21, 2021| 22:45 आइतबार, मंसिर ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।