शुक्रबार, वैशाख १८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकी सेनासँगको लडाईंमा ९ जनाको मृत्यु भएको इरानी विद्रोही घोषणा

अमेरिकी सेनासँगको लडाईंमा ९ जनाको मृत्यु भएको इरानी विद्रोही घोषणा

आईआरजीसीका नौसेना कमाण्डर अलिरेजा ताङ्सिरीले आइतबार यस्तो घोषणा गरेका हुन्।
 |  सोमबार, मंसिर ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ६, २०७८

National life

तेहरान- इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोर (आईआरजीसी)ले खाडीमा अमेरिकी सेनासँग थुप्रैपटक युद्ध भएको र त्यसमा ९ जनाको मृत्यु भएको घोषणा गरेको छ। आईआरजीसीका नौसेना कमाण्डर अलिरेजा ताङ्सिरीले  आइतबार यस्तो घोषणा गरेका हुन्।  

'९ जना सहिद भएका छन्,' ताङ्सिरीले भनेका छन्। झडपको समय र कसरी नौ इरानी सैनिकहरू "अमेरिकी सेनासँगको प्रत्यक्ष लडाई" मा मारिए भन्ने उल्लेख भने गरेका छैनन्। अमेरिकी सेनासँग आईआरजीसीको भिडन्तहरू मिडियामा सार्वजनिक गरिएको छैन,' उनले थपे, 'युवा इरानीहरूले खाडीको महत्त्व बुझ्नुपर्छ किनभने इरानसँग त्यहाँ महत्त्वपूर्ण स्रोत र क्षमताहरू छन्।'

नोभेम्बर ३ मा आईआरजीसीले ओम सागरमा इरानी तेल कब्जा गर्ने अमेरिकी प्रयासलाई विफल पारेको बताएको थियो।

प्रकाशित: Nov 22, 2021| 06:30 सोमबार, मंसिर ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।