शनिबार, चैत ७, २०८२

कोसी अस्पतलामा पनि रेबिजविरुद्धको खोप निःशुल्क

सरकारले रेबिजविरुद्धको ‘इम्युनोग्लोबुलिन’ खोप निःशुल्क लगाउन निर्देशन दिएपछि यो काम सुरु भएको उनले बताए।
 |  आइतबार, मंसिर ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ५, २०७८

मोरङ- विराटनगरस्थित कोसी अस्पतालले पनि रेबिजविरुद्धको खोप निःशुल्क रूपमा लगाउने भएको छ। कुकुरलगायतका जनावरको टोकाइबाट हुने रेबिजविरुद्धको खोप निःशुल्क लगाउने निर्णय भएको अस्पताल प्रमुख चुमनलाल दासले जानकारी दिए। 

National life

सरकारले रेबिजविरुद्धको ‘इम्युनोग्लोबुलिन’ खोप निःशुल्क लगाउन निर्देशन दिएपछि यो काम सुरु भएको उनले बताए। यसअघि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र निःशुल्क उपलब्ध हुने यो खोप अब विराटनगरमा पनि निशुल्क वितरण हुने भएको हो। कतिपय निजी अस्पतालले यो खोप लगाइदिएर १२ हजारसम्म शुल्क लिने गरेको बताइएको छ। 

जिल्ला प्रशासन कार्यालय मोरङमा आयोजित नियमित कार्यालय प्रमुखको बैठकमा डा दासले अस्पतालमा अहिले २४९ जनाको दरबन्दी मात्र रहेको तर नियमित आउने बिरामीको चापले गर्दा उपलब्ध जनशक्तिले सर्वसुलभ सेवा प्रदान गर्न समस्या देखिएको बताएका थिए। 

उनका अनुसार अस्पतालमा दैनिक रूपमा एक हजार हाराहारीमा बिरामी आउने गरेका छन्। अस्पताललाई स्तरोत्रति गर्ने कार्य सुरु भएको भए पनि निर्माण कम्पनीले धिमा गतिमा काम गर्दा समस्या रहेको उनको भनाइ छ। अस्पताल छिर्न चौतर्फी बाटो भएकाले सुरक्षामा पनि समस्या देखिएको उनले बताएका थिए। 

नियमति बैठकमा कार्यालय प्रमुखहरुले आ–आफ्ना समस्या राखिरहँदा जिल्लामा बाटो निर्माण गर्दा बिजुलीको पोल सार्नु पर्ने, जिल्लामा भइरहेको निर्माणका कार्यमा निर्माण कम्पनीले समयमा काम सम्पत्र नगर्ने समस्या रहेको र विराटनगर महानगरपालिकाभित्र फोहोरको समस्या रहेको बताएका थिए। 

Laxmi sunrise bank
kumari

विराटनगर महानगरपालिकाका कार्यकारी अधिकृत उमेश बस्नेतले विराटनगरको विकास खासै उत्साहजनक नरहेको बताउँदै महेन्द्र चोकदेखि ट्राफिक चोकसम्म भारतको सिक्किमस्थित एमजी रोडजस्तै निर्माण गर्ने कार्य सुरु भइसकेको जानकारी दिए। 

प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जनतालाई केन्द्रविन्दु मानेर दत्तचित भई काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिएका थिए। प्रत्येक कार्यालयले सूचनालाई व्यवस्थित गर्न निर्देशन दिँदै राष्ट्रसेवक कर्मचारीप्रति जनताको नकारात्मक सोचलाई सकारात्मकमा बदल्न सबैले आ–आफ्नो तहबाट राम्रो काम गर्नुपर्ने उनको सुझाव छ।

प्रकाशित: Nov 21, 2021| 20:10 आइतबार, मंसिर ५, २०७८
प्रतिक्रिया दिनुहोस्