काठमाडौं- सशस्त्र प्रहरीका पाँच जना अतिरिक्त महानिरीक्षक (एआर्इजी) ले एकसाथ राजिनामा दिएका छन्।
एआर्इजी जानकीराज भट्टरार्इ, निराकारविक्रम शाह, सुबोध अधिकारी, खडानन्द चौधरी र राजेश श्रेष्ठले राजिनामा दिएका हुन् । पाँचै जना २ माघ ०७४ मा एआर्इजीमा बढुवा भएका थिए। त्यसअघि ३० पुस ०७४ मा तत्कालीन सरकारले सशस्त्रमा पाँच एअार्इजीकाे दरबन्दी थप गर्ने निर्णय गरेको थियो ।
उनीहरूलार्इ बढुवा भएसँगै जिम्मेवारीविहीन बनाइएको थियो। एआर्इजी भट्टरार्इले आफूलार्इ जागिर खान मन नलागेर राजिनामा दिएको बताए ।
सशस्त्र प्रहरीमा अझै तीन एअार्इजी कार्यरत छन्, पुष्पराम केसी, नारायणबाबु थापा र रामशरण पौडेल । उनीहरूमध्ये एक जनाले अवकाश पाउँदा अर्को एअार्इजी पद पनि खारेज हुनेछ । सरकारले सशस्त्रमा दुर्इ मात्र एअार्इजी राख्ने निर्णय गरिसकेको छ । थापाको पदावधि अढाइ वर्ष बाँकी छ भने केसी र पौडेलको चार वर्ष ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४