बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जग्गा प्रकरणमा पक्राउ परेका इन्जिनियर चौरासीयालाई रिहाइको माग गर्दै कुमारी बैंकमा धर्ना

जग्गा प्रकरणमा पक्राउ परेका इन्जिनियर चौरासीयालाई रिहाइको माग गर्दै कुमारी बैंकमा धर्ना

नेपाल भ्यालुयर्स एसोसिएशनमा आबद्ध इन्जिनियरिङ कन्सल्टेन्सी अन्तर्गतका प्राविधिक इन्जिनियरहरुले आइतबार बैंकमा धर्ना दिएका हुन्।
 |  आइतबार, मंसिर ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ५, २०७८

काठमाडौं- गायक योगेश्वर अमात्यको जग्गा प्रकरणमा पक्राउ परेका ईन्जिनिय राजेश कुमार चौरासीयालाई रिहाईको माग गर्दै कुमारी बैंकको प्रादेशिक कार्यालयमा धर्ना दिएका छन्। नेपाल भ्यालुयर्स एसोसिएशनमा आबद्ध इन्जिनियरिङ कन्सल्टेन्सी अन्तर्गतका प्राविधिक इन्जिनियरहरुले आइतबार बैंकमा धर्ना दिएका हुन्। 

गायक योगेश्वर अमात्यको बारामा रहेको १२ बिघा १ कट्ठा जग्गाको नक्कली पुर्जा बनाएर १९ करोड ऋण प्रवाह कार्यमा संलग्‍न भएको आरोपमा ३ जना ऋणी पक्षका, १ जना बैंकका कर्मचारी, जग्गा मूल्यांकनकर्ता इन्जिनियर चौरासीया प्रहरी हिरासतमा छन्। नक्कली कागजात बनाएर ऋण स्वीकृति दिएको भन्दै कुमारी बैंक आलोचित बनेको छ।

चितवन च्याप्टर अध्यक्ष दिपेन्द्रकुमार श्रेष्ठले चौरासीयाको निशर्त रिहाइ नभएसम्म कडा आन्दोलन गरिने बताएका छन्। बैंकले उपलब्ध गराएको कागजातको शुद्धताको परीक्षण गर्ने काम मूल्यांकनकर्ताको नहुने उनको भनाइ थियो। चितवन च्याप्टरका उपाध्यक्ष पुरन सुवेदीले २४ गतेदेखि  नै बैंक तथा वित्तीय संस्थामा धितो मूल्यांकनको काम रोकिएको बताए। 

उनका अनुसार चितवनमा ४० जना संगठित धितो मुल्यांकनकर्ता इन्जिनियरहरु छन्। नेपाल भ्यालुयर्स एसोसिएसनले बैंकले उपलब्ध गराएको कागजातहरुको शुद्धताको परीक्षण गर्ने कार्य मूल्यांकनकर्ताको जिम्मेवारी नरहेको भन्दै चौरासीयालाई रिहाइ गर्न माग गरेको छ। नेपाल राष्ट्र बैकंबाट मूल्यांकन प्रक्रियासम्बन्धी स्पष्ट मापदण्ड एवं निर्देशिका जारी नभएसम्म चरणबद्ध आन्दोलनको घोषणा गर्ने एसोसिएशनले जनाएको छ। 

प्रकाशित: Nov 21, 2021| 17:59 आइतबार, मंसिर ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।