आइतबार, जेठ १७, २०८३

सुनसरी आएर देउवाले भने– अधिवेशनहरु सहमतिमा गर्नुहोस्

नेपाली का‌ग्रेसका सभापति शेरबहादुर देउवाले सहमतिमा अधिवेशन सम्पन्न गर्न पार्टी नेताहरूलाई आग्रह गरेका छन्।
 |  आइतबार, मंसिर ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ५, २०७८

विराटनगर– नेपाली का‌ग्रेसका सभापति शेरबहादुर देउवाले सहमतिमा अधिवेशन सम्पन्न गर्न पार्टी नेताहरूलाई आग्रह गरेका छन्। पार्टीलाई एक गराउनु अहिलेको  चुनौति रहेकाले सहमतिबाटै अधिवेशन सम्पन्न गर्न उनको आग्रह छ। 

National life

सुनसरीको देवानगन्ज गाउँपालिकाले निर्माण गरेको गाउँपालिका भवन उद्घाटन कार्यक्रममा उनले सो कुरा बताएका हुन्। उनले भने, ‘बाँकी रहेका अधिवेशनहरू सहमतिमा होस्। सहमति हुनै नसकेमा मात्रै स्वस्थ्य प्रतिष्पर्धाबाट मतदान गराउनुहोला।’ मतदान प्रकृयाबाट नेतृत्व चयन गर्दा पनि जित्ने र हार्नेबीच दुस्मनी हुन नहुने उनले बताए। प्रतिष्पर्धालाई सहज लिन उनले आग्रह गरे। 

प्रधानमन्त्री देउवाले देवानगञ्जमा रहेको कौवाखोज भन्सार र सुनसरी खोला सिँचाइ आयोजनाका लागि आगामी वर्षमा बजेटको प्रवन्ध गरिने आश्वासन दिए। अहिले पुरानै बजेट भएकाले चालू आवमा बजेटको व्यवस्था गर्न नसकिने उनले बताए।

कार्यक्रममा कांग्रेस नेताहरू विजयकुमार गच्छदार, सीताराम मेहता, राजिव कोइराला लगायतले सुनसरीको कृषि, सिँचाइको विकासका लागि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए। 

देवानगञ्ज गाउँपालिकाले करिब ९ करोडको लागतमा भवन निर्माण गरेको अध्यक्ष कालिप्रसाद मेहताले बताए।  प्रधानमन्त्री देउवाले देवाागञ्ज १ मा निर्माण गरिएको वीपी सालिकको पनि अनावरण गरेका थिए।

Shivam cement

प्रकाशित: Nov 21, 2021| 17:30 आइतबार, मंसिर ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।