बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अभिभावकलाई ओलीको टिप्स : बच्चालाई गाली नगर्नुस्, बदमास छ नभन्नुस्

अभिभावकलाई ओलीको टिप्स : बच्चालाई गाली नगर्नुस्, बदमास छ नभन्नुस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालबालिकाहरूप्रति कस्तो व्यवहार गर्ने टिप्स दिएका छन्।
 |  आइतबार, मंसिर ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ५, २०७८

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालबालिकाहरूप्रति कस्तो व्यवहार गर्ने भन्ने विषयमा टिप्स दिएका छन्। नेपाल खेलकुद महासंघ र काठमाडौं महानगरले संयुक्त रूपमा आयोजना गरेको खेल नीति सम्मेलनको उद्घाटनका क्रममा खेलाडी र बालबालिका उस्तै टिप्पणी गर्दै अभिभावकलाई टिप्स दिएका हुन्। 

'तपाईंहरूलाई म एउटा कुरा भन्छु। बच्चालाई बदमास छ भन्ने होइन। ज्ञानी छ भन्नुस्, अवश्य पनि ज्ञानी हुन्छ,' उनले भने, 'बदमास छ भनेपछि ऊ कसरी ज्ञानी हुन्छ? यो बदमास छ भन्नभयो भने तत्कालै ग्लास फुटाइदिन्छ, त्यहीँ देखाइदिन्छ उसले। खेलाडीमा पनि यस्तै हो।' 

घरमा पनि बालबालिकालाई कुनै हिसाबमा झुटो यसले बोल्दैन भन्नुस्। उसले झुटो बोल्दै बोल्दैन। तर बालबालिकाका कमजोरी सजाय दिएर केही फाइदा छैन। सम्झाउनुस्। ऊ सम्झिन्छ, सच्चिन्छ। गल्तीलाई हृदयंगम गर्छ,' ओलीले बालबालिकाप्रति गर्नुपर्ने व्यवहारबारे बताए। 

आफूहरूले अब बालबालिकालाई विद्यालय तहदेखि नै छनौट गरेर ल्यानेसमेत उल्लेख गरेका थिए। आफूहरूले खेलकूदमा पर्याप्त लगानी गर्न नसकेको बताउँदै उनले बाली नलगाई फल मात्र आश गरेर मात्र नहुने बताएका थिए। 'हामीले हाम्रा खेलाडीलाई सक्षम बनाउन नसकेका हौँ। बाली नै नलगाई फल मात्र आश गरेर कहाँ हुन्छ र?'

प्रकाशित: Nov 21, 2021| 16:36 आइतबार, मंसिर ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।