शनिबार, चैत ७, २०८२

संघीय तथा प्रदेश सरकार मातहत रहेका अस्पतालको स्तरोन्‍नति आवश्यक : स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले संघीय तथा प्रदेश सरकार मातहत रहेका अस्पतालको स्तरोन्‍नति गर्नुपर्ने बताएका छन्।
 |  आइतबार, मंसिर ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ५, २०७८

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले संघीय तथा प्रदेश सरकार मातहत रहेका अस्पतालको स्तरोन्‍नति गर्नुपर्ने बताएका छन्। 

National life

समाजवादी प्रेस संगठद्वारा आइतबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले आवश्यक चिकित्सक दरबन्दी खुला गरी गुणस्तरीय र प्रभावकारी बनाउने सरकारको लक्ष्य रहेको बताएका छन्। 

मन्त्री खतिवडाले दुर्गम भेगका जनतालाई स्वास्थ्य सेवा सुलभ ढंगबाट उपलब्ध गराउन पायक पर्ने स्थानमा छिट्टै स्वास्थ्यचौकीको स्थापना गरिने जानकारी दिए। 

सरकारको छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई करार सेवामा नियुक्त गरी स्वास्थ्य उपचार सेवालाई तीव्रता दिने सरकारको लक्ष्यका साथ गृहकार्य भइरहेको उनले बताए।


प्रकाशित: Nov 21, 2021| 16:30 आइतबार, मंसिर ५, २०७८
प्रतिक्रिया दिनुहोस्