बुधबार, भदौ ३, २०८३

पतञ्‍जलीले चलाउन लागेका टिभी च्यानलमा सरकारी टोली

भारतीय योगगुरु रामदेवको संस्था पतञ्जलि योगपीठ नेपालले इजाजतपत्र नै नलिई दुईवटा टेलिभिजन च्यानल सञ्चालन गर्न लागेपछि नियामक निकायले चासो व्यक्त गरेका छन्।
 |  आइतबार, मंसिर ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ५, २०७८

काठमाडौं– भारतीय योगगुरु रामदेवको संस्था पतञ्जलि योगपीठ नेपालले इजाजतपत्र नै नलिई दुईवटा टेलिभिजन च्यानल सञ्चालन गर्न लागेपछि नियामक निकायले चासो व्यक्त गरेका छन्।

यसम्बन्धी समाचार सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना तथा प्रसारण विभागको टोलीले पतञ्जली योगपीठ नेपालको कार्यालय मण्डीखाटारमा अनुगमन गरेको छ।

उक्त संस्थाले सञ्चालन गर्न लागेका पतञ्जली नेपाल र आस्था नेपाल टिभी च्यानल दर्ता नभएको पाइएपछि विभागले छानबिन गर्न लागेको हो। विभागका अधिकारीहरुको टोली आइतबार मण्डिखाटारस्थित दुवै टेलिभिजन च्यानलको कार्यालयमा पुगेर सोधपुछ गरेको बताइएको छ। 

अस्ति शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दल नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ती च्यानल उद्घाटन गरेका थिए। सोही कार्यक्रममा प्रधानमन्त्री देउवाले पतञ्जलीलाई सरकारले निःशुल्क जग्गा उपलब्ध गराउने बताएका थिए। रामदेवले गैरकानुनी रुपमा टिभी च्यानल चलाउन लागेको र सरकारले जग्गा दिन लागेको भन्दै चर्को विरोध भइरहेको छ। 


प्रकाशित: Nov 21, 2021| 15:06 आइतबार, मंसिर ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।